दक्षिण कोरियाको एक कम्पनीमा मालिकको मानसिक यातनाका कारण आत्महत्या गरेका म्याग्दीको मालिका गाउँपालिका-१,निस्कोट स्थित जुबाङ तुल्सी पुन मगरलाई न्याय दिन एमटियु धातु श्रमिक युनियन मोक्फो शाखा लगायतका संघसंस्थाले माग गरेका छन् । छल्लानाम्दो मोक्पोसी स्थित छुकसान बङ्गुर फार्ममा कार्यरत मृतक तुल्सीलाई कम्पनीका मालिक र प्रवासी श्रमिक टोलि प्रमुखको संलग्नता रहेको देखिएकाले मुद्धा दर्ता गरी कारवाही अगाडी बढाउन मोक्फो श्रम अगाडी धर्ना समेत दिइएको छ ।

टोलीले कम्पनीभित्र रहेका नेपालीलाई उद्धार तथा नेपालीमाथि नै यातना दिने नेपालीलाई समेत मालिकसँगै कारवाहीको दायरामा नल्याउँदा सम्म विभिन्न चरणका आन्दोलन गर्ने प्रतिबद्धता समेत जनाएको मोना दक्षिण कोरियाले जनाएको छ । मोनाले मृतक तुल्सीको घटनामा निष्पक्ष छानबिनसहित दोषीलाई कारबाही गर्न यसअगाडी नै नेपाली दुताबास सहित कोरियामा रहेका विभिन्न श्रमिक संघसंस्थालाई समेत अनुरोध गरेको छ ।

गत हप्ताको शनिबार सोही फार्म नजिकै पुलमा झुण्डिएको अवस्थामा मृत भेटिका तुल्सीको कम्पनीमा नेपाली दुतावासका प्रतिनिधि मैयाँ कँडेल, एनआरएनए कोरियाका अध्यक्ष बुद्धि गुरूङ,गण्डकी प्रदेश समाजका महासचिव विदुर शर्माको टोलीको अनुगमनको क्रममा मोना कोरियाका उपाध्यक्ष गणेश बोगटी क्षेत्रीको टोली पुगेको थियो ।

कम्पनीभित्र नेपालीले नारकीय जिवन विताउन बाध्य रहेको बताइएको छ। सिसी क्यामेराको निगरानी नभएको स्थानमा लगेर चरम मानसिक यातना दिने गरिएको बताइएको छ ।

मृतक मृतक तुल्सीलाई समेत पटकपटक कुटपिट गर्ने गरिएको थियो । तुल्सी गत असोजमा मात्र ईपिएस मार्फत कोरिया पुग्नुभएको थियो ।कोरियाबाट म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाका अध्यक्ष दुर्गा भण्डारीले एमटियु धातु श्रमिक युनियन मोक्फो शाखालाई धन्यवाद दिदैं थप साथ र सहयोगको आवश्यकता रहेको बताउनुभएको थियो । उक्त फार्ममा कार्यरत १५ जना नेपालीहरु समस्या परेका छन् ।

 

 

 

Leave a Reply