पुर्व राजा ज्ञानेन्द्र शाह परिवार सदस्यसहित बुधबार म्याग्दी आउनु हुनेभएको छ । बेनी नगरपालिका–९,गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको राप्रपाका केन्द्रिय सदस्य जगतप्रसाद गौचनले जानकारी दिनुभयो ।

फागुन २१ गते दिउँसो सडकमार्ग हुदै गलेश्वरधाम मन्दिरमा पुगेर पूजा अर्चना गर्ने कार्यक्रम रहेको राप्रपा म्याग्दीले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र सहितको टोलीलाई भव्य स्वागत गरिने र नागरिकलाई समेत गलेश्वर क्षेत्रमा दर्शनभेटका लागि एक समिति समेत बनाउने जनाइएको छ । पूर्वराजा शाह गलेश्वरमा आउने जानकारी आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

Leave a Reply