जिल्ला प्रहरी कार्यालय म्याग्दीले ग्रामिण बस्तीमा वन डढेलो रोकथामका लागि विशेष अभियान सञ्चालन गरेको छ । जिल्लाका अधिकांश वन डढेलो उच्च जोखिममा रहेकाले डिभिजन वन कार्यालयसँगको समन्वयमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्लाका सबै प्रहरी यूनिटलाई ग्रामिण गस्ती, सचेतनामुलक अभियान, कानुनी प्रक्रिया लगायतका विषयमा घरदैलोमा पुगेर कार्यक्रम गरिर्एको छ ।

जिल्ला प्रहरी कार्यालय बेनी सहित इलाका र प्रहरी चौकीबाट खटिएको टोलीले वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरणका बारेमा जानकारी, अपराधिक तथा समाजमा हुने हिंसा लगायतका विभिन्न विषयमा सचेतनामुलक अभियान सञ्चालन गरेको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठको भनाई छ ।
प्रहरीको टोलीले फागुन र चैत्र महिनाको अभियानमा विषेशगरी सुक्खायाममा मानवीय कारणबाट हुने डढेलो रोक्न सचेतना अभियान सञ्चालन गर्ने प्रनाउ श्रेष्ठको भनाई छ ।

सो कार्यक्रम अन्तर्गत गाउँ गाउँमा सचेतनो, फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गर हटाउने तथा जलाउनेलगायतका कार्यमा समुदायलाई सहयोग तथा सहभागि गराइने छ । डिभिजन वन कार्यालय म्याग्दीले प्रहरीसँग समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायसँग अन्तक्र्रिया गर्दै सप्ताहव्यापी रूपमा कार्यक्रम समेत गरेको छ ।

वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन सञ्चरमाध्यमबाट समेत सूचना जारी गरिएको छ । डढेलोले गर्दा हुने क्षति, प्रभाव, डढेलोबाट वन जोगाउन खेल्नुपर्ने भूमिका र चुनौतीका विषयमा व्यापक रूपमा सुसूचित गरिएको जनाइएको छ । मानवीय कारणले ९६ प्रतिशत डढेलो लाग्ने भएकाले सचेतना कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

घाँस राम्रो पलाउने, चितुवा, बाँदरले दुःख दिँदैनन् भन्ने धारणाले गर्दा वनमा आगो लगाउने समस्या छ । वन्यजन्तुको सिकारका लागि समेत कतिपयले वनमा जानाजान आगो लगाउने गर्दा वन विनाश हुने गरेकाले यस्ता प्रवृत्तिको रोकथामका लागि समुदायबाटै सक्रियता आवश्यकता रहेको छ ।राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुलउपर गरी तीन वर्ष कैद वा ६० हजार रुपियाँसम्म जरिवाना हुने वा दुवै सजाय हुने प्रावधान छ ।

 

 

 

 

Leave a Reply