म्याग्दीमा विद्यार्थीको बोल्ने कलाको विकास गर्ने उदेश्यले शैक्षिक परामर्शदाताको रुपका कार्यरत स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आर्थिक सहयोगमा जिल्लामा पहिलोपटक विद्यालयस्तरमा सर्वाधिक धनराशीको वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ ।
म्याग्दीका ६ वटै स्थानीय तहमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ८ देखि १२ सम्म र म्याग्दी बहमुखी क्याम्पसमा कक्षा ११, १२ मा अध्ययनरत विद्यार्थीको सहभागितामा ‘अब म पनि बोल्छु’ नामक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो ।
बेनी अनलाइन प्रालिको स्थानीय ब्यवस्थापनमा सञ्चालित प्रतियोगिमा सबै स्थानीय तहलाई फरक–फरक शिर्षक प्रस्तुत गरिएको छ । जिल्लामा शैक्षिक क्षेत्रमा सक्रिय ब्यक्तित्वको सहभागितामा विषय छनौट गरी प्रस्तुत गरिएको छ । स्टुडेन्ट भाइब्स अस्ट्रेलियाका संस्थापक बद्री बरुवालले विद्यार्थीको बोल्ने कलाका लागि उक्त प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । प्रतियोगितालाई स्थानीय तहको शिक्षा शाखाले समन्वय गरेको छ ।
प्रत्येक विद्यालयबाट १ जना सहभागि हुन पाउनेछन् । प्रतियोगितालाई २ खण्डमा बिभाजन गरिएको छ । पहिलो खण्डमा म्याग्दीका ६ वटै स्थानीय तहबाट १ जना उत्कृष्ट सहभागी छनौट गरी अन्तिम प्रतिष्पर्धाका लागि सदरमुकाम बेनीमा हुने छ । प्रतियोगिताबाट प्रथम हुनेलाई ५० हजार प्रमाणपत्र तथा ट्रफी, दोश्रोलाई ३५ हजार प्रमाणपत्र तथा ट्रफी, तृतीयलाई २५ हजार प्रमाणपत्र तथा ट्रफी साथमा अन्य आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको छ ।