पूर्वराजाको स्वागतमा १५१ सदस्यीय समिति गठन

यही बुधबार गलेश्वर शिवालय मन्दिरमा पूजा अर्चनाका लागि आउने पूर्व राजा पुर्व राजा ज्ञानेन्द्र शाह परिवार सदस्यलाई स्वागतका लागि मूल स्वागत समारोह समिति गठन गरिएको छ ।मुल समारोह समितिको संयोजक चक्रपाणी आचार्यको संयोजकत्वमा १ सय ५१ सदस्यीय समिति गठन भएको छ ।

पूर्वराज्यमन्त्री भिमप्रसाद गौचन, केन्द्रिय सदस्य जगत गौचन सहितको २५ सदस्यीय सल्लाहकार समिति, राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा, ब्यवस्थापन उपसमितिमा एकेन्द्र रावल र स्वयंमसेवक उपसमिति योगेन्द्रमान शेरचन रहनुभएको राप्रपाका केन्द्रिय सदस्य जगतप्रसाद गौचनले जानकारी दिनुभयो ।

फागुन २१ गते दिउँसो सडकमार्ग हुदै गलेश्वरधाम मन्दिरमा पुगेर पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ । पूर्वराजा ज्ञानेन्द्र सहितको टोलीलाई भव्य स्वागत गरिने र नागरिकलाई समेत गलेश्वर क्षेत्रमा दर्शनभेट समेत रहेको राप्रपाले जनाएको छ । पूर्वराजा शाह गलेश्वरमा आउने जानकारीसँगै शान्ति सुरक्षा र गलेश्वर शिवालय क्षेत्र विकास कोषले समेत पूजाआजाको ब्यवस्था मिलाएको छ ।