म्याग्दी सदरमुकाम बेनीदेखि काठमाण्डौसम्म एक बालकले अत्यन्तै जोखिमपूर्ण तवरले बसको अतिरित्त टायर राख्ने ठाउँमा लुकेर यात्रा गरेका छन् ।

बेनी स्थित कालिपुलमा पार्किङ गरेर राखेको जलजला यातायात प्रालिको बसको मुनीबाट पसेर अतिरिक्त टायर राख्ने ठाउँमा बसेर म्याग्दीको रघुगंगा गाउँपालिका ३ पिप्ले घर बताउने कृष नेपाली बेनीदेखि काठमाण्डौ पुगेका हुन् ।

आइतवार बेनीबाट छुटेको रात्रीबस सोमबार विहान काठमाण्डौ पुगेर गृज गर्ने क्रममा मिस्त्रिले टायरमा कुलेर बसेको बालक देखेपछि उनलाई अहिले स्थानीय प्रहरीको समन्वयमा सुरक्षित साथ राखिएको जलजला यातायात प्रा.लि.का सञ्चालक रामजी बोहोराले जानकारी दिए।

उनका अनुसार, सोधपुछको क्रममा बालकले काठमाण्डौ घुम्न मन लागेको र आफुसंग पैसा नभएपछि टायर राख्ने ठाउँमा लुकेको बताएका छन् । सोमबारको रात्रीबसमा बालकलाई पुनः बेनी ल्याउने गरी व्यवस्था गरिएकाले आफन्तलाई सम्पर्कमा आउन आग्रह गरिएका बोहोराले बताए ।

‘‘गाडी पार्किङ गरेर राखेको समयमा बालक एक्ट्रा टायर राख्ने ठाउँसम्म पुगेर लुकेका रहेछन, त्यो ठाउँ अत्यन्तै जोखिमपूर्ण हो, भाग्यबस कुनै अप्रिय घटना हुन पुगेन, आफ्ना बालबालिकाको अभिभावकहरुले राम्रोसंग हेरचाह नगर्दा बालबालिकाहरु बेसाहरा जस्तै हुने गरेका छन,’’– उनले भने बालकका आफन्तले ९८५७६८८५०० नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

Leave a Reply