पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाका निर्मल पूर्जा ‘निम्स’ लाई आज बिहिबार गृह जिल्ला म्याग्दीमा नागरिक अभिनन्दन गरिने छ ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानामा जन्मिनुभएका पूर्जाले पर्वतारोहणको क्षेत्रमा बिना अक्सिजन (पूरक अक्सिजन) ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा ५० पटक पाइला टेक्ने र सातै महादेशका अग्ला हिमाल (सेभेन समिट) आरोहण गर्ने विश्वकै पहिलो आरोही हुनुहुन्छ ।
पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाई’ सम्मान मुल समारोह समितिले बेनी नगरपालिकाको कार्यालय अगाडीबाट बेनीबजार परिक्रममा गरी जिल्ला समन्वय समितिको सभाहलमा सम्मान गर्ने कार्यतालिका रहेको छ । निर्मलले सन् २०१९ मा ६ महिनाभित्रै विश्वका ८ हजारमाथिका सबै अग्ला १४ हिमालको अरोहण म्याग्दी अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट सुरु गरी धवलागिरी गापा–४, मुदीमा रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहणबाट थालनी गर्नुभएको थियो ।
म्याग्दीमा रहेको संसारकै १० औं अग्लो अन्नपूर्ण हिमाल र सातौं अग्लो धौलागिरी हिमालबाट गर्नुभएको थियो । पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८ हजार ६ सय ११ मिटर अग्लो के–टु’ हिमालमा विन्टर सिजन (जाडो याम) मा सफल आरोहण गर्ने विश्वकै पहिलो आरोही समेत हुनुहुन्छ ।
आरोही पूर्जाको सम्मानका लागि बेनीबजारका संघसंस्था, टोलबासी सहित विभिन्न संघसंस्था सहितको टोली तयारीमा जुटेका छन् । म्याग्दी जिल्लाका संघीय तथा प्रदेशसभा, स्थानीय तहका प्रमुख, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था सहित सरोकारवाला निकायको उपस्थितीमा जिल्ला समन्वय समितिको सभाहलमा सम्मान गरिने जनाएको छ ।