म्याग्दी जेसीजले होलीमा सांगितिक कार्यक्रम गर्ने

यूवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले फागुपूर्णिमा पर्वको अवसरमा बेनीमा सांगितिक कार्यक्रमको आयोजना गरेको छ ।

फागुन २९ गते बेनीमा साँगेतिक कार्यक्रम संगै श्रष्टा सम्मान कार्यक्रम आयोजना गरिएको हो । यूवाहरूलाई जेसीजमा आर्कषित गर्ने विभिन्न तालिम तथा विद्यालयस्तरका खेलकुद गतिविधि सञ्चालन गर्ने गरेको म्याग्दी जेसीजले विगतमा भन्दा फरक तरिकाले यसपटकको होली पर्व मनाउने अध्यइा बिनोद घर्ती क्षत्रीले बताउनुभयो ।

होली कार्यक्रममा पछिल्लो समयका चर्चित गायक बागलुङका बसन्त थापा, पप गायक म्याग्दीका सम्भोज मल्ल सँगै दुई दशक अगाडी निकै लोकप्रिय घोरेपानी डाँडै बोलको गीतका गायक चन्द्र पुनको विशेष साँगेतिक प्रस्तुती रहने छ ।

बेनीको खुलामञ्चमा हुने उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको समेत उपस्थिती हुने छ भने स्रष्टा सम्मान कार्यक्रम समेत तय गरिएको म्याग्दी जेसीजले जनाएको छ । दिनेश विश्वकर्माको संयोजक रहेको प्रतियोगिताको तयारी सुरु भएको छ ।

Previous articleशिख माविमा गरिमा विकास बैंकको वित्तिय सचेतना कार्यक्रम
Next articleम्याग्दीको मुदी केन्द्रविन्दु भएर भूकम्पको धक्का