म्याग्दी बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री विजयी हुनुभएको छ । नेविसंघका चोखाल क्षेत्री २८८ मत सहित विजयी हुनुभएको हो ।
अखिल क्रान्तिकारीका सन्दिप खत्रीले एक सय ६६,अनेरास्ववियुका दिनेश खत्री (सुजन)ले १९२ र अखिल नेपाल समाजवादीकी मनिषा दर्जीले ५ मत प्राप्त गर्नुभएको म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो । सचिवमा अनेरास्ववियुका मन्जुर कटुवाल क्षेत्री २८३ मत सहित विजयी हुनुभएको छ ।
कोषाध्यक्षमा अनेरास्ववियुकी अस्मिता भण्डारी २५२ मत प्राप्त गरी विजयी हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा प्रतक्षतर्फ नेविसंघका विशाल विक (२६४) ,ढकबहादुर भण्डारी (२८१) ,सम्पुर्ण जिसी (२५१) ,अनुपम क्षेष्ठ (२८९) विजयी हुनुभएको छ भने अनेरास्ववियुबाट अविजित शाही (२५८४ ) विजयी हुनुभएको छ ।
समानुपातिक र प्रतक्षतर्फ गरी नेविसंघले ७ , अनेरास्ववियुले ४ र अखिल क्रान्तिकारीले एक सदस्य जितेको छ । कुल मतदाता ८२४ मध्ये ६८६ मत खसेको थियो । समानुपातिक तर्फ अनेरास्ववियुले २७७ , नेविसंघले २४४ , अखिल क्रान्तिकारीले एक सय ४२ , अखिल समाजवादीले दश मत प्राप्त गरेका छन् । म्याग्दी क्याम्पस स्ववियु सभापतिमा नेविसंघले दोस्रो पटक जितेको हो । यस अघि २०६० साल फागुन १४ मा प्रेम सिकेले सभापति जित्नुभएको थियो ।