चैत २४ गते सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

सरकारले चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।

हिजाे बसेकाे मन्त्रिपरिषद् बैठकले बिदाबारे निर्णय गरेको हो । चैत २४ गते रामनवमी पर्व परेको छ ।

Previous articleसुनको भाउमा कीर्तिमान : तोलाको एक लाख ७६ हजार रुपैयाँ पुग्यो
Next articleनेपालको सार्वजनिक ऋण पौने २७ खर्ब पुग्यो : प्रतिव्यक्ति झन्डै ९१ हजार रुपैयाँ पर्ने