म्याग्दीमा २२ सय १४ विद्यार्थीले एसइई दिने

म्याग्दीमा यसबर्ष २२ सयभन्दा बढी विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा एसइई दिने भएका छन् । भोली चैत ७ गतेदेखि हुने परीक्षामा २२ सय १४ जना विद्यार्थीले परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले जनाएको छ ।

म्याग्दीका ६ वटा स्थानीय तहमा ९ परीक्षा केन्द्रबाट नियमित साधारण तर्फ १६ सय ८९ जना र नियमित प्राविधिक तर्फ ७३ जना, नयाँ पाठ्यक्रका ग्रेडबृद्धितर्फ ४३१ जना, ग्रेडवृद्धि प्राविधिक तर्फ १७ जना र पुरानो ग्रेडवृद्धि २०७८÷०७९ र ०८० तर्फ ४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख विदुर शर्मा चापागाईंले बताउनुभयो।‘सम्पूर्ण तयारी पुरा भएको छ, ढुक्क भएर परीक्षा केन्द्रमा आउन विद्यार्थीलाई अनुरोध गछौं’ प्रमुख चापागाईले भन्नुभयो ।

यस वर्ष बेनी नगरपालिका–८, कालिपुलमा रहेको बालमन्दिर माविबाट पहिलोपटक १० जना विद्यार्थी परीक्षामा सहभागी हुदैछन् भने प्रकाश माविको खुल्लातर्फबाट रेगुलर, ग्रेड वृद्दि १२ जना, ज्ञानोदय माविको स्रोत कक्षाबाट न्युन दृष्टिविहिन ३ जना, उज्यालो बैकल्पिक विद्यालयबाट ५ जना, जडभरत संस्कृत माध्यमिक विद्यालयमा नियमित ५ जना परीक्षार्थी सहभागि हुदैछन्।

Previous articleनेपालको सार्वजनिक ऋण पौने २७ खर्ब पुग्यो : प्रतिव्यक्ति झन्डै ९१ हजार रुपैयाँ पर्ने
Next articleपर्यटकीयस्थल लभ्लीहिल वरपर फोहोरको डंगुर !
हरिकृष्ण गौतम
हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।