राष्ट्रिय वाणिज्य बैंक बेनी शाखाले म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीलाई शाखाबाट प्रदान हुने सेवासुविधा सहितका बारेमा जानकारी सहित वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

ग्लोबल मनी विक २०२५ को अवसरमा विद्यार्थीलाई ग्राहक कक्षबाट प्रदान हुने सेवा, खाता खोल्ने कार्यको अभ्यास तथा विभिन्न खाताका बारेमा जानकारी, नगद जम्मा गर्ने काउण्टर, जम्मा गर्ने तरिका, चेक भुक्तानी, रकामान्तर, बैंक भौचर बनाउने तरिकाको सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यासका बारेमा जानकारी गराइएको शाखा प्रबन्धक नवराज ढुंगानाले बताउनुभयो ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई नगद कारोबारको विद्यमान सिमा, नक्कली नोट पहिचान सहित डिजिटल कारोबार सहित बैंकका कर्मचारीले आफ्नो यूनिटबाट प्रदान हुने सेवाका बारेमा जानकारी गराएको प्रबन्धक ढुंगानाको भनाई छ ।

पछिल्लो समय डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, एआईको प्रवेशले सर्वसाधारण, विशेष गरी युवाहरूलाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको अवस्थामा शाखामार्फत ग्लोबल मनी विकलाई फरक शैलीमा मनाइएको प्रबन्धक ढुंगानाले बताउनुभयो ।

बैंक शाखा भ्रमणमा क्याम्पस प्रमुख श्रीधर सुबेदी, सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदी, प्राध्यापक टिकाराम सुबेदी सहित ३० जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

शाखा भ्रमणको क्रममा बैंकको सेवासुविधा तथा ग्राहकमैत्री वातावरणका बारेमा जानकारी लिने अवसर मिलेको क्याम्पसका विद्यार्थी अर्चना सुबेदी र पवित्रा कार्कीको भनाई छ । बैंकको सैद्धान्तिक ज्ञान बाहेक प्रयोगात्मक अभ्यासमा सहभागि हुन पाएको भन्दै सहभागीले बैंकलाई धन्यवाद दिदैं आगामी दिनमा पनि अवसर दिन अनुरोध गरेका थिए ।

‘थिङ्क बिफोर यु फलो, विस मनी टुमोरो’ भन्ने नारालाई आत्मसात् गर्दै मनाइरहेको वित्तीय साक्षरता कार्यक्रमलाई बैंकले प्रयोग गरेको अभ्यासबाट उत्साहित भएको क्याम्पस प्रमुख सुबेदीको भनाई छ ।

बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी प्रदान सहित युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायममा समेत सघाउने र विद्यार्थीलाई वित्तिय क्षेत्रमा आर्कषित समेत गर्नेछ ।

म्याग्दीमा बैंकले सामाजिक उत्तरदाहित्व अन्तरगतक विभिन्न सहयोगलाई प्राथमिकता दिएको छ । केही दिन अगाडी जिल्ला भलिबल संघलाई ५० हजारको खेलकुद साम्रागी तथा चरम गरिबीकै कारण वार्षिक ३ हजार ५ सय रुपियाँ तिर्न नसक्नेको पहिचान गरी बैंकले १० परिवारलाई निशुल्क स्वास्थ्य बीमा लगायत विभिन्न सामाजिक कार्यमा बर्षेनी सहयोग गदैं आएको छ।