नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा पर्न सफल भएको छ ।वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५ का अनुसार दक्षिण एसियाको सबैभन्दा खुसी देशमध्ये नेपाल शीर्ष स्थानमा परेको छ ।डब्लूएचआरका अनुसार दक्षिण एसियामा नेपाल ९२औ स्थानमा रहेको छ भने पाकिस्तान १०९औ स्थानमा रहेको छ ।
यस्तै छिमेकी मुलुक भारत भने ११८औ स्थानमा रहेको छ । यसैगरी श्रीलंका १३३औ स्थान, चीन ६८औ स्थान, अमेरिका २४औ स्थान र बंगलादेश १३४औ स्थानमा रहेको छ ।यसैगरी विश्वमा सबैभन्दा धेरै खुसी हुने देशको शीर्ष स्थानमा फिनल्याण्ड रहेको छ ।
यसैगरी दोस्रो स्थानमा डेनमार्क, तेस्रो स्थानमा आइसल्याण्ड, चौथौ स्थानमा स्वीडेन, पाँचौँ स्थानमा नेदरल्याण्डस्, छैटौँ स्थानमा कोस्टारिका, सातौँ स्थानमा नर्वे, आठौँ स्थानमा इजरायल, नवौँ स्थानमा लग्जम्बर्ग र १०औ स्थानमा मेक्सिको रहेको रिपोर्टमा उल्लेख छ ।जीवनको मुल्यांकन, सकारात्मक सोच, नकारात्मक भावना र जीवनको मुल्यांकन तथा भावनाको तुलनात्मक अध्ययन गरेर खुसी हुने देशहरूको मापन गरिएको रिपोर्टमा उल्लेख छ ।