शनिबारको बर्षाले म्याग्दीका किसानमा खुसीयाली छाएको छ । हिउँदे वर्षा भएपछि सुन्तला, गहुँ जौ र बर्खे आलु लगायत सिजन अनुसारको कृषि खेतीलाई राहत मिलेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीब बाँस्तोलाले बताउनुभयो ।

‘म्याग्दीमा भइरहेको बर्षाले किसानलाई राहत पुगेको छ, असिना नपरे अहिलेको बर्षाबाट सुन्तलाको सिचाईमा पनि राम्रो हुन्छ,‘अहिलेको बर्षा खेतीबालीका लागि पोषिलो हुन्छ ’ प्रमुख बाँस्तोलाले बेनीअनलाइनलाई भन्नुभयो ।

नगदे बालीलाई पर्याप्त आकाशे पानी नपर्दा उत्पादनमा असर गरेको भन्दै किसान चिन्तित थिए । म्याग्दीमा हिउँले आलु लगाएका र सुन्तलाको सिँचाइका लागि पानीको अधिक आवश्यकता थियो । बर्षासँगै असिनापानी र हावाहुरी भएमात्रै क्षति हुन्छ । कृषि ज्ञान केन्द्रले म्याग्दीका विभिन्न पालिकाबाट समेत जानकारी लिइरहेको छ ।