फोटोग्राफरहरुको हक, हित तथा व्यवसायिक फोटोग्राफीको विकासका लागि भोजबहादुर रिजालको अध्यक्षतामा म्याग्दी फोटोग्राफर संघ गठन भएको छ । शनिबार सिंगा तातोपानीमा आयोजित भेलाबाट रिजालको अध्यक्षतामा तर्दथ समिति गठन भएको हो ।
समितिको उपाध्यक्ष गौरीशंकर चौधरी, सचिव किरण कार्की,कोषाध्यक्ष कृष्णराज पौडेल रहनुभएको छ। त्यसैगरी सदस्यहरुमा शालिग्राम गौतम,मनोज राना, चिरञ्जीवी शर्मा आचार्य, सुरेन गुरुङ, खड्क छन्त्याल, मौमता श्रेष्ठ र प्रवेश पौडेललाई चयन गरिएको सचिव कार्कीले जानकारी दिनुभयो ।
तर्दथ समितिका अध्यक्ष रिजालले ६ महिनाभित्र प्रथम साधारणसभा गरिने बताउँदै जिल्लाभित्र रहेका फोटोग्राफरहरुलाई सदस्यता लिन अनुरोध गर्नुभयो । भेलाबाट अमर बानियाँ, सञ्जयकुमार श्रेष्ठ र मित्रबहादुर कार्कीलाई संरक्षक चयन गरेको छ ।
यसैबीच गण्डकी फोटो फोटोग्राफर महासंघको पूर्ण बैठकमा फोटोग्राफी इतिहास र समाजको ऐना रहेको र यसको व्यवसायिकतामा संघले सकारात्मक भूमिका खेलेको बताउँदै आगामी दिनमा थप सक्रियता आवश्यक रहेको महासंघका अध्यक्ष नारायण बहादुर केसीले बताउनुभयो । ९ जिल्लाका २७ जनाको उपस्थितीमा आयोजित भेलाबाट ब्यवसायिक फोटोग्राफरको क्षमता विकास सहितको सीपका लागि प्राथमिकता दिने निर्णय भएको छ ।