उरुग्वेलाई हराउँदै अर्जेन्टिना विश्वकप छनोट नजिक

साबिक विजेता अर्जेन्टिनाले विश्वकप फुटबल २०२६ को छनोटको नजिक पुगेको छ। नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले हरायो। अर्जेन्टिनाका लागि थिएगो अल्माडाले खेलको ६८ औँ मिनेटमा निर्णायक गोल गरे।

१३ खेलको समाप्तिमा अर्जेन्टिना २८ अंकसहित शीर्ष स्थानमा छ। दक्षिण अमेरिकी समूहबाट ६ टोलीले सिधै विश्वकपमा प्रवेश पाउने छन्। ५ खेल बाँकी रहँदा सातौँ स्थानको बोलिभिया भन्दा अर्जेन्टिना १५ अङ्कले अघि छ। अर्जेन्टिनाको विश्वकप प्रवेश लगभग निश्चित भइसकेको छ।

Previous articleम्याग्दी फोटोग्राफर संघ गठन, अध्यक्षमा भोजबहादुर रिजाल
Next articleऊर्जामन्त्रीलाई महावीरको सुझाव : कि कुलमान जस्तै राम्रो काम गर्नुस्, नत्र माफी माग्नुस्