कालीगण्डकी नदीमा मात्र पाइने तथा हिन्दू धर्मावलम्बीहरूले पवित्र मान्ने शालिग्रामको संरक्षणमा ध्यान नदिँदा चोरीनिकासी हुन थालेको भन्दै श्रीगजेन्द्र मोक्षनारायण–मुक्तिनाथ रथयात्रा एवं धार्मिक महोत्सव हुने भएको छ । आगामी चैत्र १८ गतेदेखि २४ गतेसम्म त्रिवेणी देखि मुक्तिनाथ मन्दिरसम्म ५ दिनको रथयात्रा एवम् धार्मिक महोत्सवको आयोजना गरिएको हो।
स्वामी कमलनयनाचार्यका संकल्पमा हुने उक्त रथयात्रामा शालग्रामको महिमा,सभ्यता र शालग्राम लोप हुनबाट जोगाउने तथा जलसम्पदा,जंगल,जमिन,प्रकृति र पर्यावरण लगायत धार्मिक पर्यटन प्रर्बधन भित्राउने अभियानका ब्यवस्थापक सुर्दशन प्रपन्नाचार्यले बताउनुभयो ।
‘रथयात्रामा हरेक जिल्लामा स्वागत गरिन्छ, मुक्तिनाथ पुगेर रथयात्रा टुंगिन्छ’ सुर्दशन प्रपन्नाचार्यले भन्नुभयो रथयात्रा चैत्र २४ गते अन्त्य भएपनि धार्मिक महोत्सव २०८२ साल बडादशैंसम्म सञ्चालन हुने बताउनुभयो ।उक्त धार्मिक महोत्सवमा नेपालका साथै भारत र तेस्रो मुलुकबाट करिब ५ लाख धार्मिक पर्यटकहरू भित्राउने बताउनुभयो।रथयात्रामा ३ सय जनाको सहभागिता रहनेछ ।
यसैबीच नेपालका देवस्थल,तपोभूमी,पर्यटकीयस्थलहरुको प्रचारप्रसारका लागि स्थानीय तहहरूमा समेत सहयोग मागिएको छ । उक्त धार्मिक महोत्सवमा कालीगण्डकी नदीमा मात्र पाइने कालो रङ्गको बाटुलो, चिल्लो शालिग्राम शिलाको संरक्षण र महत्सवका बारेमा धेरै प्रर्बचन हुने धार्मिक अभियान्ता जगन्नाथ आचार्यले बताउनुभयो ।
वैष्णव तथा अन्य सनातनीहरूले विष्णुको अवतारको रूपमा पुज्दै आएका शालिग्रामको बैज्ञानिक महत्सवका बारेमा समेत जानकारी गराइने छ । दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मसम्म नै यसको संरक्षणमा सक्रिय भएका अभियान्ताले प्रचारमुखी भन्दा पनि सरकारी निकाय सहित सरोकावाला निकायहरुको सक्रियता आवश्यक रहेको बताउँछन् । मुक्तिनाथ, कागबेनी क्षेत्रमा घुम्न जानेले चोरी गर्ने, शालिग्राम फोडेर स्वरूप परिवर्तन गर्ने, अवैध रूपमा नदीबाट बालुवा गिटी उत्खनन गर्ने जस्ता गतिविधिले अहिले लोप हुने जोखिममा छ ।