लोकसंस्कृतिकर्मी प्रतिभा पुनलाई विद्यावारिधी उपाधी

0
1

धवलागिरी क्षेत्रमा प्रचलित लोककथा लोकतात्विक प्रतिबिम्बनमा प्रतिभा पुनले विद्यावारिधी गर्नुभएको छ। पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्क मालगाउँ जन्मिनुभएकी पुनले त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत नेपाली विषयमा विद्यावारिधि गर्नुभएको हो ।

धौलागिरी क्षेत्रको म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङ जिल्लाको नेपाली भाषाका अनेक लोकतात्विक युक्त लोककथाहरु अध्ययन गर्नुभएको थियो ।

लामो समयदेखि रैथाने जातिका रूपमा रहेका मगर र ल्होपा समुदायका सांस्कृतिक दृष्टिले महत्वपूर्ण पुराना घनाबस्ती, सांस्कृतिक दृष्टिले सम्पन्न रहेका र लोककथा सुन्ने-सुनाउने परम्पराका लोककथाहरू सङ्कलन गरेको डा. पुनले बताउनुभयो। ‘‘लामो प्रयासपछि एउटा सफलता प्राप्त गरेको छु, आगामी दिनमा पनि यसलाई निरन्तरता दिन्छु’ डा. पुनले बेनीअनलाइनलाई भन्नुभयो ।

यस क्रममा डा. पुनले धौलागिरि क्षेत्रको सोरठी लोकगाथाको सन्दर्भपरक अध्ययन”,नेपाली विषयको दर्शनाचार्य ( एम.फिल) गर्नुभएको थियो । पिएडीका लागि मगर भाषा, शिक्षामा मातृभाषाको प्रयोगको सम्भाव्यता”, शिक्षामा मातृभाषा प्रयोगको सम्भाव्यता”, “माझी जातिका लोकनाच, सांस्कृतिक, पुन मगर समुदायको पुख्र्यौली लोकनाच”, लोक प्रदर्शनकारी कलाःझाँक्री”,“सोरठी लोकगाथाको लैङ्गिक अध्ययन” लगायत विभिन्न विषयमा केन्द्रित हुनुभएको थियो ।

डा. पुन धौलागिरी क्षेत्रबाट लोककथामा पिएडी गर्ने पहिलो हुनुहुन्छ । म्याग्दी जिल्लाका विभिन्न लोपउन्मुख कला र संस्कृतिको संरक्षण र प्रर्वधनका क्षेत्रमा समेत सक्रिय हुनुभएकी डा. पुनले म्याग्दी सहित धौलागिरी क्षेत्र लोक संगीत र संस्कृतिका लागि उर्भर भूमी रहेको बताउनुभयो ।