म्याग्दीको मालिका गाउँपालिका-४,का चोकबहादुर बुढाथोकी मगर केही वर्ष अघि मात्र अध्ययनको सिलसिलामा जापान पुग्नुभएको थियो । जापान पुगेको लामो समय बित्न नपाउँदै चोकबहादुरको स्वास्थ्यमा समस्या देखिन थाल्यो ।
जापान स्थित एक अस्पतालमा जचाउन जाँदा अस्पतालले शरीरमा रगत उत्पादन नहुने रोग एप्लास्टिक एनिमिया (बोनम्यारो) भएका्े यसको उपचार खर्च धेरै हुने भनेपछि परिवारलाई अहिले ठुलो आर्थिक समस्या परेको छ ।
जापानस्थित फुकुओका इन्टरनेशनल अनिमेसन कलेजमा अध्ययनरत २३ बर्षिय चोकबहादुर बुढाथोकी रगत सम्बन्धी समस्याबाट पीडित भएपछि जापान रहेका म्याग्दीलीहरुको साझा संस्था मोना जापानले पनि चोकबहादुरको उपचारको लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ ।
नेपालमा सहयोगको लागी
दिदि
निर्मला बुढाथोकी
प्रभु बैंक
-०७६०२८०२०३८०००११
जापान आएको करिब ३ बर्षमा अचानक शरीरमा रगत उत्पादन नहुने समस्याबाट ग्रसित भएपछि बुढाथोकी हाल फुकुओकास्थित हारा सानसिन हस्पिटलमा उपचारार्थ रहेको मोना जापानका प्रबक्ता कमल बानियाँले बताउनुभयो ।हालसम्म बुढाथोकीको उपचारका लागि मोना जापानले संस्थागत रुपमा ५० हजार येन सहित २ लाख बढी येन संकलन भएको छ ।
‘उहाँको उपचार जापानमा महंगो छ, हामीले परामर्श लिइरहेका छौ, उपचारमा सहयोगको अपिल गरेका छौ’, मोना जापानका अध्यक्ष बिशाल केसीले भन्नुभयो। मोनाले आर्थिक सहयोगको जिम्मेबारी सुरेश पुनलाई जिम्मेबारी दिएको छ।मोना अन्तराष्ट्रियका अध्यक्ष ददीवल खड्काले जापानमा रहेका म्याग्देली सहित नेपालीलाई उपचार अभियानमा सहयोग गर्न अपिल गर्नुभएको छ।
पीडित बुढाथोकीलाई हस्पिटलका चिकित्सकले भारतको एपोलो अस्पतालमा कम खर्चिलो उपचार र परिवारले समेत रेखदेख गर्न मिल्ने बताएपछि मोना जापानले परिवारका सदस्यहरुसँग समेत छलफल गर्ने जनाएको छ ।उहाँका चार दिदिबहिनी र बुबा हुनुहुन्छ ।
बोनम्यारो ट्रान्सप्लान्ट गर्ने पर्ने भएकाले उक्त उपचारका लागि ३० देखि ४० लाख सम्म लाग्न सक्ने अनुमान गरिएको छ । अहिले रगत दिनु पर्ने र जतिसक्दो छिटो बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने चिकित्सकहरूको भनाई छ । सहयोग गर्न इच्छुकहरूले हाल मोना जापानले दिएको खाता नम्बर सहितको विवरणमा सम्पर्क गर्न सकिने छ ।