आसन्न बागलुङ उद्योग बाणिज्य संघको १९ औं अधिवेसनकालागि दुइ वटा प्यानलको प्रतिस्पर्धा हुने भएको छ । मंगलवार भएको मनोनयन दर्ताकालागि बागलुङ उद्योग बाणिजय संघका बरिष्ठ उपाध्यक्ष भैसकेका दुइजनाको उमेदवारी परेको हो ।हालका बरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्य र पूर्व बरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा ‘बाबु’को उमेदवारी परेको निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता भूमिश्वर गौतमले जानकारी दिए । दुवैजना कांग्रेस हुन् ।
दुवै प्यानलमा राजनीतिक रंग देखिने खालका उमेदवार छन् । शाक्यको प्यानलमा कांग्रेसका केही सदस्य छन् भने माओवादी निटक, राष्ट्रिय जनामोर्चा निकट व्यवसायी छन् । साथै नयाँ शक्ती र समाजवादीका पनि छन् । शर्माको प्यानलमा कांग्रेस र एमोले निकट व्यवसायी बढी छन् । बागलुङ उद्योग बाणिज्य संघको ६१ औं वार्षिक साधारणसभा तथा १९ औं महाधिवेसन आगामी चैत १५ र १६ गते हुँदैछ ।
१६ गते निर्वाचन गरिने तालिका सार्वजनिक भैसकेको छ । शाक्यको प्यानलमा उद्योग तर्फ चुडामणी सापकोटा र तृष्णा श्रेष्ठ सुन्दरी उमेदवार छन् भने शर्माको प्यानलमा उद्योग तर्फ रामप्रसाद शर्मा र भूपेन्द्र खड्काको उमेदवारी परेको हो । महिला तर्फ शाक्यको प्यानलमा तुलसीदेवी शर्मा, अर्चना पालिखे र सृजना राजभण्डारी उमेदवार छन् । शर्माको प्यानलमा चाँदनी श्रेष्ठ, सविता आचार्य र कमला पराजुली उमेदवार छन् ।
खुला सदस्य तर्फ शाक्य प्यानलमा ऋषिराम गौतम, इन्द्रमणी पौडेल अर्जुन, नविनकुमार श्रेष्ठ, अर्जुन कंडेल, मनिष राजभण्डारी, चन्द्रराज रेग्मी, खिमकुमार श्रेष्ठ, गोकुलप्रसाद कंडेल, जीवनाथ शर्मा, बिष्णु अधिकारी, महेन्द्र प्रसाद शर्मा, अकिलबहादुर क्षेत्री र नारायण सापकोटाको उमेदवारी परेको हो ।
शर्माको प्यानल तर्फ श्रीजय श्रेष्ठ, निलेस राजभण्डारी, राजेश भारी, दिपक हमा, उमेश केसी, गणेश लम्साल, शिवशंकर शाह, रमेश शर्मा, सुदिप सागर कंडेल, युवराज कंडेल, राजु गौतम, बद्री ढुंगाना र हरि आचार्यको उमेदवारी परेको हो । निर्वाचन अधिकृत गौतमका अनुसार अधिवेसनले एक जना अध्यक्ष, तीन जना महिला सदस्य, उद्योग तर्फ २ जना सदस्य र १३ जना खुला सदस्य निर्वाचित हुने प्रावधान छ