मुस्ताङको थासाङ गाउँपालिका–१, टुकुचे झिलिङ्घमा अवस्थित नालन्दा बौद्ध विद्यालयमा खाना पकाउन ग्यासको सिलिन्डर प्रयोग गरिँदैन । विगत सात वर्षदेखि खाना पकाउन ग्यास प्रयोग नगरी विद्यालयको भान्सामा परिकार पाक्ने गरेका छन् । विद्यालयको छात्रावासमा बस्ने २४० विद्यार्थी र शिक्षक, कर्मचारीलाई दाउरा बालेर पानीबाट बाफ निकालेर (स्टिम प्रविधिबाट) खाना पकाउने गरिएको विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले बताउनुभयो ।
प्रअ तुलाचनले भन्नुभयो, “मुस्ताङमा दाउराको समस्या नहुने भएकाले दाउरा खरिद गरी भण्डारण गर्ने गरिएको छ । हामी ग्यास चलाउँदैनौँ ।” यहाँ वार्षिक १० लाख रुपियाँभन्दा बढीको दाउरा खपत हुने गरेको छ । तातोपानी, चियादेखि खाजाका लागि आवश्यक पर्ने परिकार दाउरा बालेर बनाउने गरिन्छ ।
मुस्ताङमा दाउराको प्रयोग निकै कम हुने गरेकाले समुदायस्तरबाट दाउरा खरिद गरी प्रयोग गर्ने गरिएको प्रअ तुलाचनको भनाइ छ । खाना पकाउने ग्यास र विद्युतीय उपकरणको तुलनामा दाउरा सस्तो, छिटो र प्रभावकारी भएको समेत विद्यालयले जनाएको छ । यस वर्षको एसइई परीक्षामा विद्यालयबाट १४ जना विद्यार्थी
विद्यालयको माथिल्लो भागमा रहेको भवनमा जडान गरिएको स्टिम प्रविधिको महìवका साथै प्रयोग गर्ने विधिका बारेमा नयाँ शिक्षक र भर्ना भएका विद्यार्थीलाई समेत जानकारी गराउने गरिन्छ । बौद्ध विद्यालय अन्तर्गत भारतमा रहेको विद्यालयमा प्रभावकारी भएपछि भित्र्याइएको स्टिम प्रविधिबाट एकै पटकमा पाँच वटा भाँडामा छ सयभन्दा बढीलाई खाना पकाउन सकिने क्षमता रहेको छ ।
फलामको पाइप लाइनबाट आगोको भट्टीमाथि राखिएको ६० लिटर क्षमताको फलामकै भाँडामा ठुलो भाँडोमा पानी तताएपछि उत्पन्न हुने बाफलाई अर्को कोठामा रहेका खाना पकाउने भाडामा पुर्याउने संरचना जडान गरिएको छ । भट्टिबाट फलामको पाइप लाइनमा आपूर्ति गरी आवश्यक परेको भाडामा अनुकूल समयमा बाफ आपूर्ति गराउने र पकाउन सकिन्छ ।
२०६७ सालमा पद्मसम्भव च्यारिटी फाउन्डेसनले सञ्चालन गरेको विद्यालयको छात्रावासमा अहिले कक्षा १ देखि १० सम्म निःशुल्क आवासीय सुविधासहित २४० विद्यार्थी अध्ययनरत छन् । यस वर्षको एसइई परीक्षामा विद्यालयबाट १४ जना विद्यार्थी सहभागी भएका छन् । विद्यालयमा नेपालका साथै भारतका विभिन्न जिल्लाबाट समेत आर्थिक अवस्था कमजोर भएका, लामा शिक्षाका लागि आउने विद्यार्थीले पढ्ने गरेका छन् ।
लामा पृष्ठभूमिका बाहेक बाह्मण, क्षेत्री, चेपाङ, दलितलगायत विभिन्न समुदायका विद्यार्थीसमेत अध्ययनरत छन् । नेपाल सरकारद्वारा लागु भएको औपचारिक पाठ्यक्रमका साथै नेपाली, अङ्ग्रेजी र तिब्बती पाठ्यपुस्तकको माध्यमबाट औपचारिक बौद्ध शिक्षा पनि प्रदान गरिएकाले अन्य समुदायबाट समेत विद्यालयको व्यवस्थापनबाट उत्साहित भएर विद्यार्थी भर्ना गर्ने गरेका छन् ।