स्वर्गीय सांसद विमला गौचन गएकोजनै पूर्णिमाका अवसरमा पूजाआजा गर्न मुस्ताङको दामोदर कुण्ड (४८०० मिटर) मा पुग्दा लेक लागेर चार दिनसम्म दामोदर कुण्डकै धर्मशालामा राकिनुभयो ।
टाउको दुख्ने, शरीर गल्ने, खानामा रूचि नहुनेजस्ता लक्षण देखिएपछि नेपाली सेनाको प्रयासमा उद्धार गरेको गण्डकी प्रदेशसभा सदस्य गौचनको गएको कात्तिक २८ गते मृत्यु भयो ।
लेक लागेपछि कमजोर बन्नुभएकी गौचन लामो समयसम्म आराम गरेपछि डेंगुले ज्यान लियो । लेग लागेर बिरामी भएकाहरूको समयमै उपचार नभए अन्य रोगसँग लड्ने क्षमता समेत कमजोर हुन्छ ।
दुई बर्षको अवधिमा मुस्ताङमा २८ जना पर्यटकले लेक लागेर ज्यान गुमाए । सरद र वसन्त ऋतुमासडक र हवाई मार्ग हुदै मुस्ताङ प्रवेश गरेका स्वदेशी तथा विदेशी पर्यटकले सावधानी अपनाउन नसक्दा स्वास्थ्यमा गम्भीर समस्या सिर्जना भई मुस्ताङमै ज्यान गुमाउँछन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा बि.स २०८० सालमा नेपाली ४ पुरूष, २ महिला, ५ विदेशी पुरूष, ६ महिलाले लेक लागेर उपचारकै क्रममा ज्यान गुमाएका थिए । यस बर्ष बैशाख देखि फागुन महिनासम्म २ नेपाली, ७ विदेशी पुरूष र ८ महिलाको मृत्यु भएको देखिन्छ । बि.स २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेहरूमा ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिक नागरिक छन् ।
मुक्तिनाथ दर्शन तथा भमणका क्रममा मुस्ताङ आउनेमध्ये ५ जनाको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथमा, ५जनाको घरपझोङ–४ जोमसोममा र १ जनाको थासाङ गाउँपालिका–२ मा लेक लागेर मृत्यु भएको थियो ।
मृतकको उमेर ६४ बर्षदेखि ८१ बर्षसम्मको रहेको तथ्याङमा देखिन्छ । मृतकले ज्यान गुमाएका क्षेत्र तल्लो मुस्ताङमा पर्छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक बिशाल अधिकारीले लेक लागेर बिरामी भएका र सिकिस्तलाई समयमै उपचार गरी घर फर्काइएकाको संख्या धेरै रहेको बताउनुभयो ।
‘‘स्वास्थ्यमा समस्या हुदाँ पनि मुस्ताङमा आएको देखिन्छ, बृद्धबृद्धालाई अचानक अक्सिजनको कमी भएको मेडिकल रिर्पोटमा देखिन्छ’’ प्रहरी निरीक्षक अधिकारीले भन्नुभयो । लेक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका पर्यटक रहेका छन् ।
मुस्ताङको प्रबेशद्धारा घासँदेखि माथिल्लो क्षेत्रमा लेक लाग्ने समस्याका बारेमा विभिन्न जनचेतनामुलक अभियानहरू सञ्चालन गरेपनि पर्यटकको बेवास्ताका कारण बर्षेनी ज्यान गुमाउनेको संख्या बढिरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मृतकको तथ्याङ्कले समेत ज्येष्ठ नागरिक, दिर्घरोगी तथा सिजनल रोगबाट ग्रसित भएको अवस्थामा प्रतिकुल हावापानीमा यात्रा गर्दा पर्यटकलाई लेक लाग्ने गरेको प्रदेश अस्पताल मुस्ताङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. तेजेस नेपालले बताउनुभयो ।
‘‘सर्तकता अपनाए लेक लाग्नबाट जोगिन्छ,शरीरमा असहज महुसस भए तत्कालै स्वास्थ्य संस्थामा पुग्नुपर्छ’’ डा.नेपालले भन्नुभयो । एकैपटक निकै उचाइमा जाँदा लेक लाग्ने सम्भावना धेरै हुने भएकाले लेक लाग्नबाट जोगिन विभिन्न उपायहरूका बारेमा पर्यटकले सावधानी अपाउनुपर्ने डा. नेपालको सुझाव छ ।
डा.नेपालका अनुसार समुन्द्री सतहदेखि २५ सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुनुलाई लेक लागेको भनिन्छ ।लेक लागेका पर्यटकलाई टाउको हल्का दुख्नु, थकाइ र रिङ्टा लाग्नु पहिलो लक्षण हुन् भने हिँड्न गाह्रो हुने, श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, पखाला लागेमा तत्काल उच्च क्षेत्रमा जान रोक्नुपर्ने र आराम गर्ने, पानी वा झोलिलो खाने कुराहरु खानुपर्ने चिकित्सकको सुझाव छ । समयमै लेक लागेकाहरूले सतर्क भएर यसबाट बच्ने उपाय र उपचार गरेमा निको हुन्छ ।उपचार नगरी उँचाइमै बसिरहेमा अथवा अझै माथि उचाइमा जाने प्रयास गरेमा मस्तिष्क वा फोक्सो सुन्निने खतरा हुन्छ ।
फोटो क्याप्सन
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ मन्दिरको प्रवेशद्धार रानीपौवा । लेक लागेका अधिकांस पर्यटक मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने छन् । तस्वीर सौजन्य रमिता