काठमाडौंको तीनकुनेमा राजावादीहरूले प्रदर्शन गरिरहेका छन्। राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यसहितका माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
राजवादीहरूका लागि तय भएका विभिन्न क्षेत्रबाट निस्किएका जुलुस तीनकुने आइपुगेको छ।
राजावादीहरूले नारायणहिटी खाली गर, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नारा लगाइरहेका छन्।
केही समय अघि राजावादीहरूले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो ।
उनीहरूलाई जिल्ला सुरक्षा समितिले उपलब्ध गराएको तीनकुने क्षेत्र फर्काउन प्रहरीले सामान्य बल प्रयोग गरेको थियो। प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका छन् ।
प्रदर्शनकारीहरूले प्रहरीले लगाएको सुरक्षा ब्यारियर तोड्न खोजेका थिए ।