प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन भएको छ । लामो समयदेखि अस्वस्थ उहाँको काठमाण्डौको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको राप्रपाले जनाएको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनावमा विजयी हुनुभएका बोहोरा पूर्वमन्त्रीसमेत हुनुहुन्छ ।
बोहरालाई घाँटीमा क्यान्सर भएको थियो । उहाँले चुनावको बेलामा पनि नबोलेरै निर्वाचित हुनुभएको थियो । संसद् बैठकमा पनि बाेल्न नसकेर उहाँले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गर्नुभएको थियो ।