धवलागिरि गाउँपालिकाको वडा नं. ५ मल्कबाङ्गमा ३ दिने उद्घोषण तथा क्षमता अभिवृध्दि तालिम सम्पन्न भएको छ । वडाको लक्षित वर्ग कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रम २०८१ चैत्र १६ गते आरम्भ भई १८ गते सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय २४ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा अजयमिलन श्रेष्ठले सहजकर्ता प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
समापन कार्यक्रममा प्रमुख अतिथि धवलागिरि गाउँपालिकाको अध्यक्ष प्रेमप्रसाद पुनले कार्यक्रम उपलब्धिमूलक भएको बताएका थिए । कार्यक्रममा प्रशिक्षक र सहभागीलाई प्रमाण-पत्र वितरण गरिएको थियो ।
वडा अध्यक्ष अमरबहादुर छन्त्यालको अध्यक्षता र वडा सचिव बेदनाथ सुवेदीको सञ्चालनमा भएको समापन कार्यक्रममा वडा सदस्यहरू भक्तबहादुर छन्त्याल, अङबहादुर पुन, दिपा वि.क., स्थानीय वि.व्य.स. अध्यक्ष दलमान पुन, नन्दीबाङ जलविद्युत आयोजनाका अध्यक्ष भीमप्रसाद छन्त्याल लगायतले मन्तव्य राखेका थिए ।