मगर संघ यूकेको आठौँ अधिवेशनबाट अध्यक्षमा म्याग्दी बेनी नगरपालिका–३, भकिम्लीका लालबहादुर पुनमगर (लालु) निर्विरोध चयन हुनुभएको छ। मोना यूकेका बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका पुन मगर यसअघि मगर संघका पनि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
संघको वरिष्ठ उपाध्यक्षमा रुद्र थापामगर निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष निर्वाचनबाट छानिएको हो । रुद्र क्याप्टेन रामबहादुर पुनमगरलाई हराउँदै विजयी बन्नुभयो ।
उपाध्यक्षहरुमा गुमानसिङ थापामगर र विष्णु श्रीसमगर,महासचिवमा गोमान पुन मगर र कोषाध्यक्षमा मोहन थापामगर निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवका लागि पनि निर्वाचन भएको थियो । प्रत्यासी मनोज पुनमगरलाई पराजित गर्दै अनिल थापामगर सचिवमा विजयी भएको संघले जनाएको छ । कार्यसमितिका सदस्यहरुमा पूर्णबहादुर थापामगर, मेगबहादुर बुरामगर र नुनु पाइजा मगर निर्वाचित भएको निर्वाचन मण्डलका प्रमुख आयुक्त डा. प्रेम आलेमगरले जानकारी दिनुभयो ।
आठौँ अधिवेशनबाट निर्वाचित सम्पूर्ण कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई शपथग्रहण गराउँदै प्रमाणपत्र प्रदान गरिएको छ ।आठौँ अधिवेशनमा मगर संघ युकेको सांगठानिक, आर्थिक, विभागीय प्रतिवेदनलगायत शाखाका सम्पूर्ण प्रतिवेदनहरु सर्वसम्मतद्वारा पारित भएको मगर संघ यूकेले जनाएको छ । त्यस्तै विधान समितिले संशोधनको लागि प्रस्तावित विधान पनि सर्वसम्मतले पारित गरिएको छ । अध्यक्षमा निर्वाचित लालबहादुर पुनमगरले यूकेमा रहेका मगर समुदायलाई संस्थामा आवद्ध भएर पहिचान सहित लक्ष्य प्राप्तीको अभियानमा लाग्न अनुरोध गर्नुभएको छ ।