म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूके ले नेपालीको नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सांझको आयोजना गरेको छ । आगामी अप्रिल २६ तारिकको दिन नेपाली कलाकार सहितको उपस्थितीमा शुभकामना साँझ मनाउन लागेको हो । यूकेमा रहेका म्याग्देलीलाई नयाँ बर्षको अवसरमा एकै ठाउँमा भेला पर्ने उदेश्यले शुभकामना साँझको आयोजना गरिएको मोना यूकेका अध्यक्ष पदम गर्बुजाले बताउनुभयो ।
शुभकामना साँझमा लोक गायक गगन पुन, गायिका आस्मा छन्त्याल, डान्सर यसोदा रोका मगर र मिस मगर नेपालकी विजेता मिलन थापा मगर लगायतका कलाकार तथा यूकेमा रहेका कलाकारहरुको प्रस्तुत रहने छ ।
शुभकामना साझँमा यूकेमा रहेका म्याग्देलीलाई उपस्थितीका लागि अनुरोध समेत गरिएको छ भने अन्य थप तयारीलाई समेत तिब्रता दिइएको छ । मोना यूकेमार्फत म्याग्दीमा स्वास्थ्य, शिक्षा, विकास निर्माण लगायत सामाजिक एवम् मानवीय सेवामा समेत सहयोग भइरहेको छ । शुभकामना साँझमा विभिन्न कार्यक्रम सहित संस्थाका अभियानका बारेमा समेत जानकारी गराइने छ ।