मौलिक रत्यौली गीत ‘आँधीखोले माया’ आज सार्वजनिक भएको छ। लोकप्रिय गायक पशुपति शर्मा र गायिका रेश्मी सेन्चुरीको आवाज रहेको गीत बाबा इन्टरटेनमेन्ट टिभीको युट्युब च्यानल मार्फत बुधवार सार्वजनिक गरिएको हो ।
प्रवेश पौडेलको शब्द र सङ्गीत रहेको गीतको सङ्गीत संयोजन दिवस थापा मगरको गरेका हुन् । प्रबिन थापाले निर्देशन गरेको भिडियोमा उषा उप्रेती र स्वयं गायक शर्माको आकर्षक नृत्य देख्न सकिन्छ ।
वैवाहिक समारोहमा सरिक हुन् आएका युवा युवती बिच विवाह अवधिभरमा कसरी एक अर्का प्रति आकर्षण हुन्छ र कसरी आकर्षण प्रेममा रूपान्तरित हुन्छ भन्ने कुरालाई भिडियोमा कलात्मक रूपमा निर्देशक थापाले उतारेका छन् l लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली गीतसङ्गीतमा निरन्तर लगानी गरिरहेका सञ्चारकर्मी तिलु शर्मा पौडेलले गायिका सेन्चुरी सँग मिलेर गीतको निर्माण गरेका हुन् ।
गीतमा स्वर दिएकी सेन्चुरी पनि वैदेशिक रोजगारको सिलसिलामा लामो समयदेखि कतारमा कार्यरत छिन् । कतारमा साप्ताहिक रूपमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरूमा नियमित रूपमा आफ्नो प्रस्तुति दिँदै आएकी छिन l
वैदेशिक भूमिमा रहेर पनि पौडेल र सेन्चुरीले नेपाली कला र संस्कृतिमा देखाएको सक्रियता साँच्चै नै प्रशंसनीय छ । गीतको भिडियो सार्वजनिक हुनुभन्दा दुई दिन अगाडिदेखि नै विभिन्न डिजिटल प्लेटफर्महरूमा प्रचार गरिएको गीतले टिकटक र फेसबुक रिलहरूमा समेत चर्चा बटुलिसकेको छ।
‘आँधीखोले माया’ ले नेपाली लोक संगीतप्रेमी दर्शकहरूको मन जित्ने विश्वास गरिएको छ । दर्शकहरूले यो गीत बाबा इन्टरटेनमेन्ट टिभीको आधिकारिक युट्युब च्यानलमा हेर्न र सुन्न सक्नेछन्।
(भिडियो लिङ्क)
https://youtu.be/FZZbjAkebhU?si=AQbCchL6fuO4aYrB