घर नजिकको रुखमै विद्युतको तार, स्थानीयबासीमा त्रसित

0
29

म्याग्दीको बेनी नगरपालिका–१,बेलबोटमा हाइटेन्सन लाइनबाट प्रवाह भइरहेको करेन्ट लगेर स्थानीय १६ बर्षिया शिव थापाको ज्यान गयो । मृतक थापाले घर नजिकै रहेका शिव मन्दिरको कम्पाउण्ड भित्र रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा नेपाल विद्यु्त प्राधिकरणको ३३ केभीए प्रशारण लाइनको करेन्ट प्रवाह हुने नाङ्गो तारमा छुदाँ गम्भीर घाइते भए । उपचारको क्रममा छिमेकी बागलुङ जिल्लास्थित धौलागिरी प्रादेशिक अस्पताल बागलुङका चिकित्सकले मृत घोषित गरेका थिए ।

पर्वतको जलजला गाउँपालिकाको फर्सेस्थित शिव माविका विद्यार्थी समेत रहेका शिबको मृत्युले गाउँ शोकमा डुबेको छ। मृतक शिबका आफन्त रमेश थापाले विद्युत प्राधिकरणलाई पटकपटक घरसँगै जोडिएका विद्युतको तार हटाउन हारगुहार गरेपनि सुनुवाई नभएको गुनासो गरे ।

‘घर आसपासका रुखमा प्रसारण लाइनको तारले छोएको छ, बर्षेनी पशुचौपायाको मर्छन, मानवीय क्षतीका कारण बस्तीबाटै विस्थापित हुनुपर्ने अवस्था आएको छ’ थापाले भने । उनका अनुसार तिब्र हावाहुरीमा प्रसारण लाइनको तार चुँडिएर त्रासले स्थानीयबासीले घर छोड्न बाध्य छन् ।

बस्तीमाथिबाट हाइ भोल्ट करेन्ट प्रवाह नगर्न स्थानीयहरुले बारम्बार ध्यानाकर्षण गराएपनि प्राधिकरणले सुनुवाइ नभएको स्थानीय राजेन्द्र सापकोटाले बताए । यसअगाडी मृतक शिवका बुबा सुरिन थापा सहितको टोलीले समेत विद्युत प्राधिकरणमा घरसँगे जोडिएका तार आसपासका रुख कटान गर्न तथा बस्तीलाई सुरक्षित बनाउन अनुरोध गरेका थिए ।

प्राधिरणका कर्मचारीले तारसँगै जोडिएका केही रुख कटान गरेपनि थप कटानका लागि समेत स्थानीयले माग गरेका छन् । बेलबोट क्षेत्रका घरको धुरी हाइटेन्सन लाइन नजिक छ ।

वस्तीमाथिकै प्रसारण लाइनबाट हाइल्टेभोज करेन्ट प्रवाह हुदाँ बेनपा–१ सारेमारे, बेलबोट तथा बागलुङ नगरपालिका–४, ढोडेनीका २० घरधुरी जोखिममा परेका छन्। ‘घरमाथीका हाईटेन्सन लाइनलाई जतिसक्दो छिटो हटाउनुपर्छ, अब हामी चरणबद्ध आन्दोलन गर्न बाध्य हुने छौ’ स्थाानीयबासीले भने ।

हाईटेन्सन लाइनबाट खेतबारीमा जोत्दाजोत्दै करेन्ट प्रवाह भएर पशुचौपाया मर्ने, खरबारी तथा घर आसपासका क्षेत्रमा समेत आवतजावत गर्दा ज्यानको जोखिम रहेको भन्दै जनप्रतिनिधिलाई समेत समस्या समाधानका लागि माग गरेका छन् । पछिल्लो समय विद्युतको करेन्टका कारण मृत्यु घाइते हुने, घर आगलागी हुने घटनासमेत बढिरहेका छन् ।