म्याग्दीको रघुगंगा गाउँपालिका–३, पिप्लेका सम्राट भण्डारी भलिबल खेल्न अस्ट्रेलियामा गएका छन् । नेपाली राष्टिय भलिवल टिमका सदस्य तथा त्रिभुवन आर्मी क्लवमा आवद्ध भण्डारी सिड्नीमा स्थापना भएको पर्वत बेनी युनाइटेड बाट तेस्रो गलकोट कपमा खेल्नुहुने सचिव नविन केसीले बताए ।
आइतबार सिड्नीस्थित अर्वन बास्केटबल सेन्टरमा हुने सर्वाधिक धनराशीको तेस्रो गल्कोट कप भलिबल प्रतियोगिताका लागि नेपालबाट आएका भण्डारीलाई क्लबले शनिबार सिड्नीमा स्वागत गरिएको हो ।
भलिबल खेलाडी भण्डारीलाई पर्वत बेनी युनाइटेडका अध्यक्ष रबिन्द्र कँडेल,बरुवाल स्कूल अफ ड्राइभिङ र मेक्स एजुकेशन तथा भिसा सर्भिसले एकबर्षसम्मका लागि स्पोन्सर गरेको छ ।
तेस्रो गल्कोट कपको तयारी पनि पूरा भएको आयोजकले जनाएको छ । पछिल्लो समय म्याग्दीबाट अस्ट्रेलियामा गएकाहरुले स्थापना गरेको मोना, म्याग्दीकाली यूनाइटेड,म्याग्दी जलजला परिवार सहित विभिन्न संस्थाले नेपालमा चलेका राष्ट्रिय खेलाडीलाई अस्ट्रेलियामा हुने चर्चित खेलका लागि अनुबन्धन गर्ने गरेको छ ।