विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघको आन्दोलनलाई प्रतिबद्धता जनाउँदै बेनी नगरपालिका–६ स्थित जामुनाखर्क माविले विद्यार्थीलाई पाठ्यपुस्तक वितरण सुरु गरेको छ ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग महासंघको नेतृत्वमा शिक्षकहरु काठमाण्डौको आन्दोलनमा रहेको अवस्थामा विद्यार्थीलाई सहज हुने गरी पुस्तक वितरण गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यादब सुबेदीले बताउनुभयो ।
सरकारले शिक्षकको माग पूरा गर्न ढिलाई गर्दा भर्ना अभियान नै प्रभावित भएको भन्दै अध्यक्ष सुबेदीले शिक्षकको माग पूरा गरी विद्यालयमा पठनपाठन सूचारुको वातावरण बनाउन समेत सरकार समक्ष माग गरेका छन् । सामुदायिक विद्यालयमा भर्ना अभियान सञ्चालन नहुदाँ विद्यार्थी अलमलमा परेका छन् ।
चैत २० गतेदेखि देशभरबाट विद्यालयमा ताला नै लगाएर शिक्षक कर्मचारी काठमाडौंमा छन् भने सरकारले समेत शिक्षकका आवश्यक मागहरु पूरा गर्नेतर्फ गम्भीर चासो देखाएको छैन । यसबिच कक्षा ८ को ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, कक्षा १२ परीक्षा, उत्तरपुस्तिका परीक्षण गर्ने लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन महाससंघले शिक्षकहरूलाई निर्देशन दिएको छ।