वक्तृत्वकलाकी विजेता उर्मिला सुबेदीलाई वडामा सम्मान

0
26

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताकी विजेता धवलागिरी गाउँपालिका-७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीलाई मंगलबार वडा कार्यालयले एक कार्यक्रम गरी सम्मान गरेको छ ।

वडा अध्यक्ष अशोक खत्री सहित वडा सदस्यले विजेता सुबेदीलाई बधाईसहित नगद ४ हजार १५० रुपैयाँ र सम्मानपत्रले सम्मान गर्नुभएको हो । जिल्लास्तरीय प्र्रतियोगितामा धवलागिरीबाट छनौट भई सहभागी भएर उपाधि जितेकोमा वडा अध्यक्ष खत्रीले बधाई दिदैं आगामी दिनमा पनि रचनात्मक कार्यहरुमा निरन्तर सक्रिय हुन शुभकामना दिनुभएको थियो ।बिजेता सुबेदीले प्रतियोगिताले आत्मबल बढेको बताउनुभयो ।

स्टुडेन्ट भाइब्स अस्ट्रेलिया तथा बेनीअनलाइन प्रालिको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा विजेता भएसँगै सुबेदीले ५० हजार रुपैँया नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको थियो । बिजेता सुबेदी गाउँपालिका बालसञ्जाल तथा बालविवाह रोक्ने अभियानमा समेत सक्रिय हुनुहुन्छ ।