सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी बेनी शाखाले बेनी नगरपालिका वडा नं ४ मा बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । वडाका जनप्रतिनिधि सहित स्थानीयको उपस्थितीलाई शाखा प्रमुख मुक्ति पौडेलले जीवन बिमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बिमाको पहुँचका बारेमा समुदायस्तरमा जानकारी गराउन कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष अणबहादुर खड्काले यस्ता कार्यक्रमले समुदायमा बिमाको आवश्यकता र महत्वको जानकारी हुन गई बिमाप्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभएको थियो । बिमाको महत्वका बारेमा जानकारी भएमा सर्वसाधारणलाई समेत बिमाप्रतिको आर्कषित गर्न सहज हुने कार्यक्रमका सहभागिले बताएका थिए ।