जापानमा बोनम्यारो रोगबाट पीडित बुढाथोकीलाई ३ लाख बढी सहयोग

0
27

शरीरमा रगत उत्पादन नहुने रोग (बोनम्यारो एनिमिया) बाट पीडित जापानमा रहनुभएका म्याग्दी मालिका गाउँपालिका–४,का चोकबहादुर बुढाथोकी मगरको उपचारका लागि मोना जापानले ३ लाखभन्ँदा बढी आर्थिक सहयोग गरेको छ ।

केही वर्ष अघि अध्ययनको सिलसिलामा जापान पुग्नुभएको चोकबहादुरलाई मोना जापानको पहलमा संकलन भएको ३ लाख ११ हजार १५७ रुपैयाँ बिरामीका बुबा नन्दराज बुदाथोकीको खातामा जम्मा गरिएको मोना जापानका अध्यक्ष बिशाल केसीले बताउनुभयो । मोना जापानका सुरेश पुनको आर्थिक संयोजकत्वमा सञ्चालन गरिएको अभियानमा मोना जापान सहित ५९ जनाले सहयोग गरेका छन् ।

जापानस्थित फुकुओका इन्टरनेशनल अनिमेसन कलेजमा अध्ययनरत २३ बर्षिय चोकबहादुरको हारा सानसिन हस्पिटलमा जचाउन जाँदा अस्पतालले शरीरमा रगत उत्पादन नहुने रोग एप्लास्टिक एनिमिया (बोनम्यारो) भएका्े यसको उपचार खर्च धेरै हुने भनेपछि आर्थिक संकलन अभियान सञ्चालन गरिएको थियो । जापानमा उपचार महंगो हुने र भारतमा सर्वसुलभ र परिवारको समेत हेरचाह हुने भएकाले आवश्यक तयारी भइरहेको मोना जापानले जनाएको छ ।

बोनम्यारो ट्रान्सप्लान्ट गर्ने पर्ने भएकाले उक्त उपचारका लागि ३० देखि ४० लाख सम्म लाग्न सक्ने अनुमान गरिएको छ । अहिले रगत दिनु पर्ने र जतिसक्दो छिटो बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने चिकित्सकहरूको भनाई छ । बोनम्यारो ट्रान्सप्लान्ट भन्नाले शरीरमा भएको अस्वस्थ बोनम्यारोलाई नष्ट गरेर अर्को स्वस्थ बोनम्यारो राख्ने प्रक्रिया भन्ने बुझिन्छ ।