बेनी नगरपालिका वडा नं ७ संगमचोकमा रहेको अस्मिता टेलिरिङ सेन्टरमा विभिन्न डिजाइनका झोला बिक्रीका लागि राखिएका छन्। विद्यार्थीले बोक्ने झोला, कलेज झोला, जेब्रा,अफिसियल झोला, लेडिज झोलाले पसल भरिभराउ छ । कच्ची घरमा मेसिनबाट बुनेका थरीथरीका झोला खोज्दै आउने ग्राहकको समेत कमी छैन ।
बि.स २०७२ सालमा तालिम लिएर महिला उद्यमी बन्नुभएकी मालिका गाउँपालिका–५ देविस्थानकी अस्मिता सिंथानीलाई अहिले अर्डर पुर्याउन भ्याइनभ्याइ छ ।
हात र मेसिनले तयार पारेको बलियो, टिकाउ हुने भएकाले विद्यार्थीको रोजाईमा पर्न थालेपछि अहिले अभिभावक नै झोला खोज्दै आउने गरेका छन् । उद्यमी सिंथानीले ग्राहकको रोजाइअनुसार झोला तयार गर्ने बताउनुहुन्छ । ‘‘झोलाहरू म्याग्दीमै धेरै बिक्री हुन्छ, अन्य साम्रागी जिल्ला बाहिर पनि फाटफुट जान्छ ।
’’उद्यमी सिंउथानीले भन्नुभयो । यसपटक ‘मनिपर्स’, महिला तथा पुरुषले बोक्ने अल्लो र ढाकाबाट बनेका झोलाहरू विदेशबाट आएकाले समेत लगेको उद्यमी सिंउथानीको भनाई छ ।
सिजनमा माग थेग्नै नसकिने अवस्था भएपनि अन्य सिजनमा सामान्य ब्यापार रहेको सिंउथानीले बताउनुभयो । ‘‘मेहनत अनुसारको कमाई हुन्छ, यहीबाट सन्तुष्ट छु, भाडा तिर्न र घरखर्च चलाउन अहिले समस्या छैन ।’’उद्यमी सिंउथानीले भन्नुभयो ।
विद्यार्थीको भर्ना अभियानमा धेरै झोला बिक्री हुन्छ र बुनेका झोलाहरूको बजारको अभाव नभएको उहाँको भनाई छ । देविस्थानबाट उद्यमी बन्न सदरमुकाम बेनी आउनुभएकी सिंउथानीले सुरुवातको समयमा मेहनत अनुसारको आम्दानी नहुदाँ पेशा नै छोड्ने योजना समेत बनाउनुभएको थियो ।
उहाँले नयाँ डिजाइनहरु यूट्यूबाट समेत हेरेर तयार गर्नुहुन्छ । बेनीबजारमा अल्लो र ढाकाका उद्यमीको संख्या धेरै भएपछि झोला मात्रै बुन्न थालेपछि अहिले तालिमको समेत अवसर आउन थालेको सिंउथानीको भनाई छ । सीप, जाँगर र उद्यमीको परिचय दिन चाहनेलाई तालिम समेत दिनुभएको छ । बुनेका झोलाहरु आफ्ना ग्राहक तथा फेसबूकमा राखेर प्रचार समेत गर्नुहुन्छ ।
थप जानकारीका लागि ९८६६४४८८४२