धौलागिरिका ३ जिल्लाको कतारमा बृहत् रक्तदान कार्यक्रम

0
25

नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा साबिकको धौलागिरि अञ्चलका कतारमा स्थापित ३ जिल्ला संस्थाले संयुक्तरूपमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार, पर्वत समाज कतार र बागलुङ सेवा समाजले कतारको हमाद हस्पिटलअन्तर्गतको नेसनल ब्लड डोनेसन सेन्टरमा ५३ जनाले रक्तदान गरेका हुन् ।

रगत अभावका कारण प्रवासमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले पहिलो पटक संयुक्त रूपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको मोना कतारका अध्यक्ष बाबुराम भण्डारीले बताउनुभयो ।

अध्यक्ष भण्डारीका अनुसार कतारमा आवश्यक पर्ने रगतका लागि अभाव हुन नदिने गरी नेपालीले निरन्तर रक्तदान कार्यक्रम गर्ने गरेको बताउनुभयो ।

कार्यक्रमको समन्वय गर्ने संघ, कार्यक्रमको प्रचार प्रसार गर्ने पत्रकारसहित रक्तदाताहरूलाई आयोजकका तर्फबाट प्रशंसा तथा कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

रक्तदान जस्तो पुण्यको कार्यमा उल्लेख्य उपस्थित जनाउने तथा दाताहरूलाई आयोजकले धन्यवाद तथा आभार प्रकट गरेको छ । कार्यक्रममा नेपाली दूतावास कतारका प्रथम सचिव कृष्णकुमार सुवेदीसहित कतारमा स्थापित विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।