३ हप्तादेखि सम्पर्कविहीन खत्रीको खोजी गरिदिन परिवारको आग्रह

0
16

म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नं. २ का ६० वर्षीय एक पुरुष सम्पर्कविहीन भएका छन् । चैत २३ गते बिहानदेखि वडा नं. २ पञ्चासे निवासी ६० वर्षीय अम्बरबहादुर खत्री सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन खत्रीका जेठा छोरा राम खत्रीका अनुसार आफू काम विशेषले काठमाडौंमा रहेको र सामान्य रूपमा बुबा कहीँ जानु भएको होला भनेर केही दिन खोजी नगरेको तर लामो समयदेखि सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिएको उनले जानकारी दिए ।

आमासँग बाबाको कहिलेकाहीँ झगडा पर्दा विगतमा पनि ‘म जान्छु भारतमा बहिनी भेट्न र उतै बस्छु’ भन्दै घुर्की लाउने गरेकाले सोही अनुरूप बुझ्दा पनि बुबा भारत ‍नगएको र आफ्ना माइला बालगायतका आफन्त तराईमा पर्सातिर बसोबास गर्ने हुँदा उता पनि बुझ्दासमेत बुबाको अत्तोपत्तो नलागे पछि खोजीलाई तीव्रता दिइएको रामले स्पष्ट पारे ।

खत्रीका आफन्तले उनको खोजी गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् । खत्रीलाई भेट्ने वा देख्नेले ९८५७६५२५१२ र ९८४७६२७००९ नम्बर मा खबर गरिदिन परिवारले आग्रह गरेको छ । वैदेशिक रोजगारीका लागि खत्रीले करिब दुई दशक कतार र साउदीमा बिताएका थिए भने उनको घरमा श्रीमती, ३ छोरा र ९३ वर्षीय आमा रहेका छन् ।