माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीहरुलाई म्याग्दीको सदरमुकाम बेनीमा सौन्दर्यकला सम्बन्धी तालिम सुरु भएको छ । पोखराको गैह्रपाटनमा सञ्चालित पश्चिमाञ्चल सेकेण्डरी स्कुल र बेनीबजारको हुलाकचोकमा रहेको प्रजिया व्यूटीपार्लर एण्ड टे«निङ सेन्टरको संयुक्त आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले सौन्दर्यकला तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ । तालिमको उद्घाटन गर्दै सौन्दर्यकला व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष सोनम गुरुङले तालिमले युवा विद्यार्थीहरुलाई स्वरोजगार बन्न सहयोग पु¥याउने बताउनुभयो । उहाँले सिप सिकेपछि रोजगाारीको अवसर आउने बताउँदै सक्रियतापूर्वक तालिम लिन सहभागीलाई सुझाव दिनुभयो ।
प्रजिया व्यूटीपार्लर एण्ड टे«निङ सेन्टरमा सञ्चालित तालिममा एसइई परीक्षा दिएर बसेका २३ जना छात्राहरुले सहभागिता जनाएका छन् । एक हप्तासम्म निःशुल्क रुपमा सञ्चालन हुने सौन्दर्यकला सम्बन्धी विषयको तालिममा खासगरी स्किन केयर अर्थात् छालाको हेरचाह, मेकअप, फेसियल, हेयर स्टाइललगायत विविध विषयहरुमा प्रशिक्षण भैरहेको छ । सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको अध्यक्ष समेत रहनुभएकी प्रजिया व्यूटीर्पालरका प्रोप्राइटर काकीले विद्यालयसँग जोडिएर निःशुल्क तालिम सञ्चालन गर्न पाएकोमा विद्यालयलाई धन्यवाद दिनुभयो ।
प्रोप्राइटर कार्कीले सिप सिकेर स्वदेशमै पेशा तथा व्यवसाय सञ्चालन गर्न सकिने र विदेशमा जाँदा समेत तालिमले सहयोग पु¥याउने बताउँदै पछिल्लो समय सौन्दर्यकलाको माग गाउँ गाउँसम्म पुगेको बताउनुभयो । कार्यक्रम अध्यक्ष कार्कीको अध्यक्षता, सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका कोषाध्यक्ष टिका पुनको स्वागत र पत्रकार अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
तालिममा पश्चिमाञ्चल सेकेन्डरी स्कुलका अध्यक्ष रामनाथ ओझा, प्रिन्सिपल सरोज कोईराला, सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका संस्थापक अध्यक्ष संगीता श्रेष्ठ, सल्लाहकार सरस्वती जिसीसहित सौन्दर्यकर्मीहरुको विशेष उपस्थिति रहेको थियो । पछिल्लो समय सौन्दर्यकला व्यवसाय गर्ने र सुन्दर बन्ने चाहना बढ्दै गैरहेको देखिन्छ ।