म्याग्दी जेसीजले आयोजना गरेको महिलाहरू बिचको बिस्तारै स्कुटर चलाउने प्रतियोगिताको उपाधी सञ्जु जिसीले जितेकी छन् । सवारीसाधन दुर्घटना न्यूनिकरण तथा सचेतनामुलक अभियान अन्तरगत शनिबार खुल्लामञ्चमा आयोजना गरिएको प्रतियोगितामा १२ प्रतियोगीलाई उछिन्दै जलजला गाउँपालिका वडा नं ३ की जिसीले १५ सय नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगितामा द्धितिय बेनी नगरपालिका वडा नं २ की सृजना थापा, तृतिय बेनपा ७ की कल्पना सुबेदी ढुंगानाले जित्नुभएको छ । द्धितिय, तृतियलाई क्रमश नगद १ हजार, ५ सय नगद र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिता संयोजक डेकमायाँ केसीले जानकारी दिइन् ।
यसैबीच सटफुट प्रतियोगिताको पुरुषतर्फ मोहन खड्का प्रथम, जनक सोनाम द्धितिय, बलबहादुर आले तृतिय भएका छन्। सटफुट महिलातर्फ मुना गर्बुजा प्रथम, कल्पना सुबेदी ढुंगाना द्धितिय र भिमा खड्का तृतिय भएको प्रतियोगिता संयोजक प्रवेश श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा विजेतालाई नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री, ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसी, म्याग्दी जेसीजका पूर्व अध्यक्ष पूर्व अध्यक्ष बिनय श्रेष्ठ, सुमन बानियाँ, खम थापा, बिरेन्द्र श्रेष्ठ, म्याग्दी जेसीजका अध्यक्ष बिनोद घर्ती क्षत्रीले पुरस्कार वितरण गर्नुभएको थियो ।
महिलाहरुका लागि स्लो स्कुटी ड्राइभ प्रतियोगीताले सचेतना फैलाउन प्रयास भएको बताउँदै आगामी दिनमा उक्त कार्यलाई निरन्तरता दिने म्याग्दी जेसीजका अध्यक्ष क्षत्रीले बताए । दुर्घटना न्यूनिकरणका लागि जनचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।