म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूके ले नेपालीको नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सांझ उत्साहजनक उपस्थितीमा मनाएको छ ।
यूकेमा रहेका नेपाली समुदाय विच शुभकामना आदान प्रादान गरेर भाईचारा बढाउने उद्देश्यले आयोजना गरिएको शुभकामना साँझमा म्याग्दीको मौलिक थाली नाच, नौमति बाजा सहित राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।
शुभकामना साँझको उद्घाटन गदैं म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रियका अध्यक्ष ददीवल खड्काले प्रवासमा रहेका म्याग्देलीहरुको एकता र सहकार्यका लागि मोनाको स्थापना भएको बताउँदै कर्मभुमीको सीपलाई जन्मभूमीमा समेत प्रयोग गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष खड्काले मोना यूकेमार्फत स्थापनाकालदेखि नै मोनाको अभियानलाई बलियो बनाउने विभिन्न सामाजिक एवम् मानवीय सेवामुलक कार्यहरु भएको बताउँदै मोना आइइसीले उच्च प्रशंसा गरेको बताउनुभयो ।
शुभाकामना साँझका विशिष्ट अतिथि रस्मूर बरो काउन्सिलका नेता काउन्सिलर ग्यारेथ विलियम्स, म्याग्दीका भूपू सांसद नरबहादुर पुन,मोना आइइसीका उपाध्यक्ष किसान जिसी, यूकेमा रहेका नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थति रहेको थियो ।
शुभकामना साँझमा नेपाली कलारका गगन पुन, गायिका आस्मा छन्त्याल, डान्सर यसोदा रोका मगर र मिस मगर नेपालकी विजेता मिलन थापा मगर, धौलागिरी नौमति बाजा समुहद्धारा नौमति बाजा प्रस्तुत गरिएको थियो ।
शुभकामना साँझमा उत्साहजनक उपस्थ्तिीमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई मोना यूकेका अध्यक्ष पदम गर्बुजाले धन्यवाद दिदैं नेपाली मौलिक कला र संस्कृतिलाई समुन्द्रपारी पुर्याउने मोना लगयातका संघसंस्थाले नियमित गर्ने कार्यक्रमले नयाँ पुस्तामा समेत मौलिकता स्थानान्तरका अभियानलाई आगामी दिनमा पनि प्राथमिकता दिने बताउनुभयो ।
स्यामुएल कोडी स्पोट्र्स कलेजमा आयोजित शुभकामना साँझको अध्यक्षता गर्बुजा, स्वागत कार्यक्रम संयोजक एवम् उपाध्यक्ष विष्णु भण्डारी र सञ्चालन महासचिव मन्दिप जुग्जालीले गर्नुभएको थियो । शुभकामना साँझको सांस्कृति संयोजक नुन पाईजा र नेत्रमान गर्बुजाले सञ्चालन गर्नुभएको थियो ।मोना यूकेमार्फत म्याग्दीमा स्वास्थ्य, शिक्षा, विकास निर्माण लगायत सामाजिक एवम् मानवीय सेवामा समेत सहयोग भइरहेको छ ।