---Advertisement---

चरम यातनापछि आत्महत्या गर्न बाध्य बनाउने मालिक पक्राउ

On: April 29, 2025 10:09 AM
Follow Us:

कोरियाको प्रहरीले गत फागुन ९ गते  मालिका गाँउपालिका–१ निस्कोटका तुलसी पुन मगरलाई आत्महत्या गर्न बाध्य हुने गरी कुटपिटको अभियोगमा बंगुर फर्म मालिकलाई सोमबार (वैशाख १५ गते) पक्राउ गरेको छ ।

प्रवासी श्रमिक युनियन (एमटियु )र छल्लानादो प्रवासी श्रमिक मानव अधिकार सस्थाको निरन्तर दबाबपछि प्रहरीले कोरियाको छल्लानाम्दो याङामगुनस्थित नान उसङ बंगुर फार्मका मालिकलाई थप अनुसन्धान गर्न पक्राउ गरेको मोना दक्षिण कोरियाका उपाध्यक्ष गणेश बोगटीले बताउनुभयो । कम्पनि मालिक अदालतको फैसलासम्म जेलमा रहने र अदालतको फैसला अनुसार सजाय तोकिनेछ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कृषि क्षेत्रमा काम गर्न ६ महिना अगाडि मात्रै कोरिया पुगेका थिए । उनका सहकर्मीहरु लालबहादुर तामाङ, प्रेमबहादुर तामाङ, रुकबहादुर सिंह, सुरेन्द्र थिङ, घनश्याम घिमिरे र तुलसी पुन मगरले आफूहरूमाथि यातना भइरहेकाले बंगुर फर्मबाट बाहिर निस्कन चाहेको भिडियो सार्वजनिक गरेका थिए ।

मगरको आत्महत्या पछि फागुन १२ गते राजधानी सोलबाट कम्पनीमा रहेका नेपाली श्रमिकका विषयमा नेपाली दूतावासका श्रम काउन्सिलर मैया कँडेल, कोरियाको आधिकारिक प्रवासी ट्रेड युनियन (एमटीयू) का अध्यक्ष उदय राई, गैरआवासीय नेपाली संघ, कोरियाका अध्यक्ष विपिनकुमार गुरुङ पुगेका थिए ।

हालसम्म मृतक तुलसी बाहेक मालिकले ९ जनालाई कुटपिट गरेको,प्रवासि श्रमिकलाई तलब नदिएको, तलब समेत छोडेर मजदुर भागेको समेत भेटिएको छ । हालसम्म २५ करोड ९० लाख श्रम कार्यालयको अनुसन्धानबाट प्रारम्भीम जानकारी मिलेको मोना दक्षिण कोरियाले जनाएको छ ।

मृतक तुल्लसीको घटनाको अनुसन्धान र दोषी मालिकलाई कानुनी कारवाहीमा सहयोग गर्ने सम्पूर्ण नेपाली तथा दक्षिण कोरीयाली संस्थालाई मोना दक्षिण कोरियाका अध्यक्ष दुर्गा भण्डारीले धन्यवाद दिनुभएको छ । एमटियु र मानव अधिकारवादी संस्थाले चैत २६ गते उजुरी दर्ता गराएका थिए । यो फर्म राजधानी सोलबाट झन्डै ३६० किलोमिटर टाढा छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।