बेहोस फेला परेको पुरुषको मृत्यु, पहिचान खुल्न सकेन

0
4

म्याग्दीको सदरमुकाम बेनीबजारमा मंगलबार दिउँसो बेहोस बेहोस अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ । बेनी नगरपालिका वडा नं ८ न्युरोडस्थित कृषि विकास बैंकको गल्लीमा बेहोस अवस्थामा भेटिएका पुरुषको उपचारका लागि बेनी अस्पतालमा लगिएको अवस्थामा चिकित्सकले मृत घोषित गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलका अनुसार मृतक मजदुर भएपनि ठेगाना सहित आफन्तका बारेमा जानकारी फेला पार्न नसकिएको बताउनुभयो ।

उहाँले पुरुषको पहिचान भने खुल्न नसकेको अवस्थामा थप कानुनी प्रक्रिया अगाडी बढाउन समस्या भएको बेनीअनलाइनलाई बताउनुभयो । अन्दाजी ४५ बर्षिय मदिरा सेवन गरेको अवस्थामा भेटिएको केही समयपछि लडेर बेहोस अवस्थामा फेला परेको स्थानीयबासीको भनाईछ । अहिले शव अस्पतालको शव गृहमा राखिएको छ भने आफन्त खोजी भइरहेको छ ।