ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त

0
19

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा म्याग्दीका खमबहादुर गर्बुजा नियुक्त हुनुभएको छ । प्रतिनिधिसभामा म्याग्दीबाट निर्वािचत गर्बुजालाई प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट उक्त मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकिएको हो ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफासिमा राष्ट्रपतिले गर्बुजालाई बुधबार राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।  म्याग्दी महोत्सवको उद्घाटनका लागि सदरमुकाम बेनी आउनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य गर्बुजालाई मन्त्री बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

उहाँले नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सांसद गर्बुजालाई मन्त्री बनाउने बाचा पूरा भएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।

बेलायती सेनाबाट अवकाश प्राप्त हसिला र बिकासप्रेमी खम्बीर गर्बुजा २०५४ सालमा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तररुपमा कांग्रेसमा सक्रिय गबूर्जाले २०५४ सालमा तरुणदलको सदस्यता लिएर म्याग्दीको विकासका लागि होमीएका खम्बीर गर्बुजाको जन्म २०२२ सालमा रघुगंगा गाउँपालिकाको वडा नं ४ मा पर्ने दग्नाम गाउँमा भएको थियो।

बुबा चकबीर गर्बुजा र आमा कृष्णकुमारी गर्बुजाको कोखबाट जन्मिनुभएका गर्बुजानेपाली कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएको छ ।