म्याग्दी हुलाकका कर्मचारीलाई प्रविधिमा थप दक्ष र सिपयुक्त बनाउने

जिल्ला हुलाक कार्यालय म्याग्दीको सेवालाई विश्वासनीय र छिटोछरितो बनाउन कर्मचारीलाई प्रविधिमा थप दक्ष र सिपयुक्त बनाइने भएको छ । पछिल्लो समय म्याग्दीको हुलाक कार्यालयले रुपान्तरित सेवा अन्तरगत इ–कमर्सको अवधारणाको प्रयोगसँगै कर्मचारीलाई सेवालाई थप प्रभवकारी बनाउन क्षमता विकास तालिम सहितका कार्यहरुलाई प्राथमिकता दिइएको छ ।

जिल्ला हुलाक कार्यालय म्याग्दीले पालिकास्तरीय कर्मचारीलाई आयोजित क्षमता विकास तथा सूचनाको हक अन्तरगत सम्बन्धि तालिममा कार्यालय प्रमुख रमेश थापाले ‘एक स्थानीय तह एक हुलाक’ कार्यालय स्थापनाको कार्यान्वयनपछि सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने चुनौती कर्मचारीमा रहेको बताउनुभयो ।

कार्यालय प्रमुख थापाले कर्मचारी प्रविधिमा दक्ष भए सेवाग्राहीलाई समेत सेवा दिन सहज हुने भएकाले विभिन्न तालिममार्फत कर्मचारीमैत्री कार्यहरुलाई समेत प्राथमकिता दिइएको बताउनुभयो । म्याग्दी हुलाकबाट ब्यक्तिगत चिठी बाहेक सरकारी चिठ्ठीपत्र,अदालती कागजपत्र तथा विदेश जाने युवाहरुको कागजपत्रहरुको ओसार–पसार बाहेक अन्य सेवा विस्तार भएपछि सेवाग्राहीको आर्कषण बढेको कार्यालय प्रमुख थापाको भनाई छ ।

कर्मचारी अभिमुकीकरण तालिमको नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले उद्घाटन गदैं हुलाक सेवालाई समयसापेक्ष सुधारको आवश्यकता रहेको बताउनुभयो । हुलाकबाट नागरिकले प्राप्त गर्ने सम्पूर्ण सेवाहरू दिने गरी नेपाल सरकारले पूर्वाधार र सेवाहरु समेत विस्तारसँगै एआईको युगका हुलाक सेवालाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

तालिमको सहजीकरण उद्योग पर्यटन कार्यालयका प्रमुख अमृतप्रसाद कँडेल, बेनी नगरपालिका सूचना प्रविधि अधिकृत खिमबहादुर शाही, कार्यालय प्रमुख रमेश थापाले गर्नुभएको थियो । तालिममा धवलागिरी गापाबाट जगत गिरी, मालिका गापाबाट ताराप्रसाद छन्त्याल, मंगला गापाबाट हल्कारा सृजना खड्का, रघुगंगा गापाबाट भुपेन्द्र सिङ र अन्नपूर्ण गापाबाट हल्कारा निर्मला पूर्जा सहित जिल्ला हुलाक कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

तालिमको अध्यक्षता कार्यालय प्रमुख थापा, सञ्चालन तथा स्वागत नायब सुब्बा रमेश अधिकारीले गर्नुभएको थियो । म्याग्दीका ६ स्थानीय तहमा एक जिल्ला हुलाक र २८ अतिरिक्त हुलाक कार्यालय रहेको छ । हाल जिल्ला हुलाक सहित पालिकामा प्रमुख सहित ४० दरबन्दी र अतिरिक्त हुलाकमा ५३ जना कर्मचारी रहेका छन् ।

 

 

 

 

Previous articleछुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने
Next articleम्याग्दीमा सूचना प्रविधि दिवस मनाइयो