म्याग्दीमा सूचना प्रविधि दिवस मनाइयो

0
34

‘सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०२५ मनाइएको छ ।

कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा म्याग्दीको आयोजनामा शुक्रवार म्याग्दी सदरमुकाम बेनीमा प्रभातफेरी कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । क्यान महासंघ म्याग्दी र एमएमसी आईसिटी क्लब म्याग्दी बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा प्रभातफेरी ¥याली र कोणसभा कार्यक्रम आयोजना भएको थियो ।

क्याम्पसचोकबाट सुरु भएको उक्त ¥याली शिक्षामार्ग, हस्पिटलचोक, गणेशटोल, सङ्गमचोक, बैंकरोड, बालमन्दिरचोक, वीरेन्द्रचोक, हुलाकचोक, न्यूरोड भएर पुनः क्याम्पसचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदीले संसार अहिले सूचना र प्रविधिको द्रुत विकासमा रहेको बताउँदै क्याम्पसले जिल्लास्थित संघसंस्थाहरुसँग सहकार्य गरी क्याम्पसमा सूचना तथा प्रविधि सम्बन्धी विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सहसचिव प्रताप बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम क्यान म्याग्दी शाखाका अध्यक्ष युवराज आचार्यको अध्यक्षता र सचिव बासुदेव घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । कोणसभाको औपचारिक कार्यक्रम सुरु हुनुपूर्व सूचना र प्रविधिसँग सम्बन्धित नाराहरु लेखिएका प्लेकार्डसहित बेनीबजारको परिक्रमा गरिएको थियो ।