---Advertisement---

मोनाको स्थापना जन्मभूमीको सेवा गर्नका लागि भएको हो : अध्यक्ष खड्का

On: May 2, 2025 11:27 PM
Follow Us:

म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष ददीवल खड्काले संसारभरी छरिएका म्याग्देलीलाई मोनामा आवद्ध गराउने अभियानलाई पहिलो प्राथमिकता दिएको बताउनुभएको छ ।

आफ्नो जन्मभूमी नै छोडेर कर्मभूमीमा बस्ने रहर नभई बाध्यता भएको बताउँदै संसारको जहाँ भएपनि मोना गठन र मोनामा आवद्ध भएर जन्मभूमीको सेवा गर्ने मोना गठन भएको बताउनुभयो ।

मोना यूकेको शुभकामना साँझमा सहभागि भएर मोना बेल्जियम, मोना फ्रान्समा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा अध्यक्ष खड्काले मोनाको आजिवन सदस्य, मोना हाउस मोना म्याग्दी डेभलपमेन्ट कम्पनीमार्फत गर्न लागेको कार्यहरुका बारेमा समेत जानकारी गराउनुभएको थियो ।

अध्यक्ष खड्काले म्याग्दीमा उत्पादन हुने आर्गनिक उत्पादनलाई सङ्कलन, प्रशोधन, प्याकेजिङ गरी बिक्री गरिने बताउँदै सबै मोनाका सदस्यहरु आवद्ध हुने गरी काम भइरहेको बताउनुभयो ।

कुल एक करोड ५० लाख रुपियाँ चुक्ता पुँजी भएको कम्पनि गत असोज २१ गते कम्पनि राष्टिार कार्यालयमा दर्ता भई हाल उत्पादन गर्ने किसानसँग भेटघाट तथा अन्य प्रक्रियामा रहेको बताउनुभयो । भेटघाट तथा स्वागत कार्यक्रममा मोना यूकेका उपाध्यक्ष विष्णु भण्डारी, पर्वत समाज जापानका पूर्व अध्यक्ष एवम् सल्लाहकार जनक सुबेदी लगायतको उपस्थिती रहेको थियो ।

मोना बेल्जियमका अध्यक्ष सुमन थापा, निर्वतमान अध्यक्ष रकेन्द्र घिमिरे लगायतको उपस्थिती रहेको थियो । त्यसैगरी मोना फ्रान्समा आयोजित कार्यक्रममा मोना फ्रान्सका अध्यक्ष ओम गौचन, निर्वतमान अध्यक्ष देबेन्द्र केसी सहित लगायतको उपस्थिती रहेको महासचिव महेन्द्र बोहोराले बताउनुभयो ।

मोना आइइसीका अध्यक्ष खड्का आफ्नो कार्यकालमा राष्ट्रिय कार्यकारी समितिसँगको भेटघाट सहितका कार्यहरुलाई प्राथमिकता दिने बताउनुभएको छ । हाल मोनाको सञ्जाल विश्वका ३२ देशमा राष्ट्रिय समिति रहेको छ ।