ऊर्जा राज्यमन्त्री गर्बुजाको पद तथा गोपनीयताको शपथ आज

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिनुहुने भएको छ ।आज बिहान ११ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

गत वैशाख १७ गते प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधिसभामा म्याग्दीबाट निर्वाचित गर्बुजालाई प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट उक्त मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकिएको हो । नेपाली कांग्रेस म्याग्दीका सभापति समेत हुनुहुन्छ ।

गत वैशाख १० मा प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्य मन्त्री कान्छाराम तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए। उनी बर्खास्तीमा परेपछि रिक्त रहेको पदमा नेपाली कांग्रेसका सिफारिसमा गर्बुजा नियुक्त भएका हुन्।

Previous articleप्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन
Next articleम्याग्दीको गाेठबाट अङ्कुराएकाे विदेशी पर्यटकको प्रेमकथा