जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले एसइई दिएर बसेका विद्यार्थीलाई ट्राफिक नियम पालनाका कुरा सिकाउन थालेको छ । जिल्ला भलिबल संघ म्याग्दीद्धारा आयोजित एक महिने भलिबल प्रशिक्षणको क्रममा प्रशिक्षणस्थल माउण्ट एभरेष्ट आवासीय मावि महारानीथानमा पुगेर विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराइएको हो ।
ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा विभिन्न खालका दुर्घटना हुने गरेको बताउँदै ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सचेतना कार्यक्रमको अभियानमा खेल प्रशिक्षणमा रहेका विद्यार्थीलाई जोडिएको जिल्ला ट्राफिक कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसीले बताउनुभयो ।
प्रमुख केसीले विद्यार्थी सूचनाका संवाह भएको अब जिल्लाका सबै विद्यालयस्तरमा यो कार्यक्रम गर्ने योजना बनाएको बताउनुभयो । विद्यार्थीलाई ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, सवारीसाधनको प्रयोग गर्ने तरिकाको विषयमा जानकारी गराइएको भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।
विद्यार्थीहरुले पाएको ज्ञानबाट परिवार र समाज पनि लाभान्वित हुने भएकाले तालिम उपयोगी भ
एको बताइएको छ ।यसैबीच प्रशिक्षणको बेनी नगरपालिकाका मेयर सुरत केसीले समेत निरीक्षण सहित आफ्ना खेलसम्बन्धि अनुभव सुनाउनुभएको छ ।










