अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडा खानी गाउँका सङ बहादुर छन्त्याल उमेर ५० पुग्न थाल्नुभयो । उहाँले व्यावसायिक रूपमा भेडा पालन गर्नुभएको छ । हरेक दिन छन्त्याल बिहान खाना खाएर भेडा सँगै, चुयाँ र खाजा हालेर वन तिर लाग्नुहुन्छ । उहाँले वनमा भेडा मात्र हेर्नुहुँदैन भेडा हेर्दै डोका, थुन्से, माद्रोे लगायतका चुँयाबाट बन्ने सामान समेत तयार पार्नुहुन्छ ।
भेडा बिक्रीबाट वार्षिक २ लाख सम्म आम्दानी हुन्छ छन्त्यालले भन्नुभयो, ‘भेडा पालनले मात्र पुग्दैन यसो भेडा हेर्ने बेलामा डोका, थुन्से बुनेर पनि खाने बाटो गरेको छु ।’ उहाँले थप्नुभयो– विदेश गएर पनि दुःख नै गर्ने हो, त्यो दुःख यही गरौँ भनेर गाउँमा भएका सबैले भेडा बाख्रा पालन गरेका छौँ ।
छन्त्यालले मात्र होइन करिब ५० घरधुरी रहेको ठाडा खानी गाउँका ३५ घरपरिवारले व्यावसायिक रूपमा बाख्रा र भेडा पालन गरेका छन् । ठाडा खानीका सबै जसो घरपरिवार व्यावसायिकीकरण भेडा र बाख्रा पालनमा होमिएका हुन् ।
हरेकका घरमा भेडा र बाख्राको व्यवस्थित खोर बनाएका छन् । हरेक वर्ष गाउँमा भेडा र बाख्रा विक्री गरेर एक करोड पचाँस लाख सम्म आम्दानी गर्ने गरेका छन् । गाउँभरीकाले ठाडा खानी भुमे भेडा पालन समूह र ठाडा खानी मालिका भेडा बाख्रा पालन समूह बनाएर भेडा बाख्रा पालन गर्ने सबैलाई समेटेका छन् । बाख्रा पालन गर्ने अधिकांश वैदेशिक रोजगारीबाट फर्केका छन् ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका वडा नम्बर ६ मा पर्ने ठाडाखानी गाउँ । परम्परागत ढुङ्गेघरहरु रहेको यस गाउँमा अल्पसङख्यक छन्त्याल जातिहरुको बाहुल्य बसोबास छ । तस्बिरः दलप्रसाद विश्वकर्मा/रासस
पुर्खाले पाल्दै आएका बाख्रा पालन व्यवसाय र कृषि उद्यमलाई व्यवस्थित र व्यावसायिक बनाएका लक्ष्मण वि.कको अहिले गाउँमा सबै भन्दा बढी ८० वटा बाख्रा छन् । ‘मेरै जस्तै गाउँका अरूले बाख्रा पालन थालेका छन्, पिछडिएको र दुर्गम बस्ती भएकाले यहाँ अन्य अरू कुनै व्यवसाय गर्न सम्भव छैन, विकले भने, यही हामीले गरेको पेसालाई राम्रो गर्दै जाने हो भने यहीबाट राम्रो आम्दानी समेत गर्न सकिन्छ ।’ हरेक वर्ष छन्त्यालले बाख्रा विक्रीबाट ३ लाख भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
विगतमा सामान्य खर्चको जोहो गर्न स्थानीय जातका बाख्रा पालेकाले अहिले उन्नत जातका बाख्रा र भेडा पालनमा जुटेका कृषकको दैनिकी दिउँसो जङ्गलमा बाख्रा चराउने, ल्याउने, खोरमा राख्ने गरेरै बित्छ । अहिले गाउँका ३५ घर परिवारका पन्ध्र सय भन्दा बढी भेडा बाख्रा छन् । भेडा बाख्रा चरणका लागि निकै समस्या हुने गरेको छ ।
अहिले गाउँमा युवा छैनन्, बुकी तिर गएर गोठ बस्न कोही मान्दैनन् ठाडा खानी भुमे भेडा पालन समूहका अध्यक्ष समेत रहेका छन्त्यालले भन्नुभयो ।‘बुढाखाडा मात्र गाउँमा छौ वरिपरिको वन क्षेत्रले मात्र पुग्दैन, यसले गर्दा भेडा बाख्राको सङ्ख्या बढाउने सोच हुँदाहुँदै पनि बढाउन सकेका छैनौँ ।’
रघुगंगा गाउँपालिका र कृषि ज्ञान केन्द्रबाट अनुदान सहयोग गरेपछि केही भए पनि सहज भएको कृषक भनाई छ । वडा कार्यालयले भेडा र बाख्रा पालक कृषकहरूका सहजका लागी वडाबाट विभिन्न पहल भएको र वडाले आगामी दिनमा कृषक लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने रघुगंगा गाउँपालिका–६ का वडा अध्यक्ष मन कुमार शेरपुन्जाले बताउनुभयो ।
हामीले वडा भित्र रहेका सम्पूर्ण कृषकहरूको तथ्याङ्क तयार पारेका छौँ अब उहाँहरूको आवश्यकताका आधारमा अनुदान तथा कार्यक्रम सञ्चालन गर्ने योजना भएको अध्यक्षको भनाई छ ।रघुगंगा गाउँपालिका र कृषि ज्ञान केन्द्रबाट अनुदान सहयोग गरेपछि केही भए पनि सहज भएको कृषक भनाई छ ।
वडा कार्यालयले भेडा र बाख्रा पालक कृषकहरूका सहजका लागी वडाबाट विभिन्न पहल भएको र वडाले आगामी दिनमा कृषक लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने रघुगंगा गाउँपालिका–६ का वडा अध्यक्ष मन कुमार शेरपुन्जाले बताउनुभयो । हामीले वडा भित्र रहेका सम्पूर्ण कृषकहरूको तथ्याङ्क तयार पारेका छौँ अब उहाँहरूको आवश्यकताका आधारमा अनुदान तथा कार्यक्रम सञ्चालन गर्ने योजना भएको अध्यक्षको भनाई छ । nepaltvonline.com