अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

जापानीज भाषा वक्तृत्वकला प्रतियोगितामा विशाल सुनदाश प्रथम

On: May 15, 2025 5:45 AM
Follow Us:
---Advertisement---

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति नागोयाको आयोजनामा सम्पन्न जापानीज भाषा वक्तृत्वकला प्रतियोगितामा विशाल सुनदश प्रथम हुनुभएको छ ।

नेपाली विद्यार्थीहरुलाई जापानीज भाषाको ज्ञान बृद्धि गराई उनीहरुको प्रतिभा उजागर गर्नुका साथै डा.महाविर पुनको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन अभियानलाई सहयोग पुर्याउने उद्धेश्यले आयोजना गरिएको उक्त कार्यक्रममा श्री श्रेष्ठ द्धितीय र भिष्म तिवारीले तृतीय स्थान प्राप्त गर्न सफल हुनुभएको छ । त्यसैगरी सरिता लामा र पुष्पा श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय स्थान प्राप्त गर्नुहुनेलाई क्रमशः ९,७ र ५ मान नगद सहित प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष सागर थापा बगालेले जानकारी दिनुभयो ।
सोही अवसरमा महावीर पुनको जीवनीमा आधारित पुस्तक आयोजकको तर्फबाट खरिद गरि सहभागी सबैलाई वितरण गर्नुका साथै बेनी नगरपालिका १ रत्नेचौर स्थायी घर भई हाल जापानको नागोयामा विधार्थी भिषामा रहनुभएका क्रिकेट खेलाडी जसमिन थापालाई सम्मान गरिएको थियो ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति नागोयाका अध्यक्ष सागर थापा बगालेको अध्यक्षता, मोना आईसीका उपाध्यक्ष दीपक कार्कीको प्रमुख आतिथ्यता,एनआरएनए आईसीसीका सचिव दीपक र्काीको विशिष्ट आतिथ्यता,मोना नागोयाका सचिव सागर भण्डारीको स्वागत मन्तव्य र सागर कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सुरेश चन्द्र उपाध्याय,कर्म सिंह घिसिङ,योमन देवान,कुशल पौडेल लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रम समापनको अवसरमा सभापति सागर थापा बगालेले कार्यक्रम सम्पन्न गर्नको निम्ती आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरु,कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुका साथै सबै विजेताहरुलाई बधाई सँगै आगामी दिनमा जापानको बसाई सँगै आफनो क्षमतालाई थप निरन्तर दिदै अगाड़ी बढनको निम्ती शुभकामना दिनुभएको थियो ।

 

 

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।